back
NMB ad

विर्सनुभयो कि एनएमबि लघुवित्तको १५०% हकप्रद भर्न ? अब १ कार्यदिन मात्र बाँकी

Kumari bank ad

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको १५० प्रतिशत हकप्रद भर्न अब १ कार्यदिन मात्र बाँकी रहेको छ । आइतबार (मंसिर २९ गते) कार्यलयसमय सम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

एनएमबिले कात्तिक २४ गतेदेखि २४ लाख ३० हजार ९३.७५ कित्ता (१५० प्रतिशत) हकप्रद सेयर बिक्री खुला गरेको हो । यसमा कात्तिक ६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन ।

बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गरेको छ । सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं र सनराइज बैंकका सम्पूर्ण शाखाबाट आवेदन दिन सकिनेछ ।

सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट पनि हकप्रदमा आवेदन दिन पाइनेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यो हकप्रदलाई औसत भन्दा कम आधार जनाउने ग्रेड ४ प्रदान गरेको छ ।

हाल यसको चुक्ता पुँजी १६ करोड २० लाख ६ हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि भने कम्पनीको पुँजी ४० करोड ५० लाख भन्दा धेरै हुनेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा एनएमबिले १ करोड ५२ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।  प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ७४ पैसा रहेको यो लघुवित्तको प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ ३९ पैसा छ ।

२०७६ मंसिर २७ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २७ शुक्रवार १५:४७ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...