back
NMB ad

सोमवार यी सात कम्पनीको साधारण सभा, यस्ता छन् प्रमुख एजेण्डा

Kumari bank ad

काठमाडौं । भोलि पुस २८ गते सात कम्पनीको साधारण सभा हुुँदैछ । सोमवार नेरुडे लघुवित्त वित्तीय संस्था, हिमालयन पावर पार्टनर, प्रोग्रेशिभ फाइनान्स, आँखुखोला जलविद्युत कम्पनी, मिर्मिरे लघुवित्त, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट र नेपाल इन्भेष्टमेण्ट बैंकको साधारण सभा हुन लागेको हो ।

नेरुडे लघुवित्तले पुस २८ गते उद्योग वाणिज्य संघ मोरङको सभाहल विराटनगरमा गर्दैछ । कम्पनीले यस वर्ष शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र ५ दशमलव ७९ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । पुस १० गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

हिमालयन पावर पार्टनरले सोमवार अम्रपाली ब्याक्वेट भाटभटेनीमा, प्रोग्रेशिभ फाइनान्सले ज्यापू प्रज्ञा भवन भोलगणेश ललितपुरमा र आँखुखोला जलविद्युत कम्पनीले नक्साल ब्याक्वेट नक्सालमा साधारण सभा गर्दैछन् ।

मिर्मिरे लघुवित्तले धुलिखेल काभ्रेपलाञ्चोकमा सोमवार साधारण सभा गर्दैछ । कम्पनीले शेयरधनीलाई ४५ प्रतिशत बोनस शेयर र २ दशमलव ३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । पुस १७ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट कम्पनीले १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारितका लागि सोमवार साधारण सभा आयोजना गर्दैछ ।

त्यसैगरी, सोही दिन नेपाल इन्भेष्टमेण्ट बैंकले साधारण सभा बोलाएको छ । कम्पनीले यस वर्ष शेयरधनीलाई १० दशमलव ५ प्रतिशत बोनस शेयर र ८ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । पुस १३ गतेसम्म कायम हुने शेयरधनीले लाभांश पाउनेछन् ।

२०७६ पुस २७ गते प्रकाशित

वि.सं.२०७६ पुस २७ आइतवार १३:१५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...