back
Kumari Bank

फेरि बढ्यो बैंकका सिइओको तलब ! कुन बैंकका सिइओको कति ?

Nepal Bank

काठमाडौं । निजी क्षेत्रका वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढि तलब सुविधा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृतले बुझेका छन । उनले तलब भत्ता र नाफाबाट पाइने बोनससहित गरेर ३ करोड ९० लाख ८२ लाख रूपैयाँ बुझेका हुन् ।

सबैभन्दा कम तलब तीन सरकारी वाणिज्य बैकका प्रमुख कार्यकारी अधिकृतहरूको छ । निजी क्षेत्रको बैंकमा काम गरेर पनि कम तलब पाउनेमा प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी नारायणदास मानन्धर हुन । उनले तलब भत्ता गरेर एक करोड ९ लाख रूपैयाँ बुझेका छन्। यसमा नाफाबाट पाउने बोनस जोडिएको छैन ।

अहिलेसम्म हिमालयन बैंक, एनसीसी बैंक, सेञ्चुरी कमर्सियल बैंक र राष्ट्रिय वाणिज्य बैंकले साधारणसभा गर्न बाँकी रहेकाले उनीहरूले सिइओलाई दिने गरेको तलब सुविधा सार्वजनिक भइसकेको छैन ।

एभरेष्ट बैंकले प्रमुख कार्यकारीसहित पाँचजना माथिल्लो तहका कर्मचारीको तलब सुविधा एकै ठाउँमा राखेको छ । पाँच जनामध्ये तीनजना २० प्रतिशत शेयर लगानी रहेको पञ्जाब नेशनल बैंकबाट आएका कर्मचारी छन् । दुईजना नेपाली छन । उनीहरुले कुल ४ करोड ११ लाख रुपैयाँ बुझेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

ग्लोबल आइएमइ बैंकका अघिल्लो प्रमुख कार्यकारी जनक शर्मा पौडेल र कामु प्रमुख कार्यकारी भएर काम गरेका महेश शर्मा ढकालको तलव सुविधा पनि एकै ठाउँमा राखेर धेरै देखिएको छ । उनीहरुलाई ३ करोड ७८ लाख रुपैयाँ दिइएको उल्लेख छ ।

यसमध्ये अधिकांश सुविधा पौडेलले बुझेका हुन । ढकाल कामु प्रमुख कार्यकारी भएका कारण वार्षिक प्रतिवेदनमा उनको नाम उल्लेख भएको हो ।

एकमुस्ट एक्लैले तलब सुविधा बढि बुझ्नेमा नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे छन । उनले नाफाबाट बोनसबाहेक ३ करोड ६ लाख रूपैयाँ बुझेका छन ।

बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी शोभनदेव पन्तले पनि एक वर्षमा २ करोड ३२ लाख बुझेका छन्। यसपछि बढि तलब सुविधा बुझ्नेमा प्रभु बैंकका अशोक शेरचन छन् । उनले २ करोड २९ लाख रुपैयाँ बुझेका छन् ।

नबिल बैंकको नेतृत्व गरिरहेका चर्चित बैंकर अनिल शाहको तलब सुविधा भने एक करोड ९८ लाख छ । कुनै बेला नबिलमा शाहअन्तर्गत काम गरेका भुवन दाहाललाई सानिमा बैंकले २ करोड ८ लाख रुपैयाँ तलब सुविधा दिएको छ ।

सिटिजन्स बैंकले गत वर्ष दुईजना प्रमुख कार्यकारीलाई कुल १ करोड ७९ लाख रूपैयाँ सुविधा भुक्तानी गरेको छ। बैंकर्स संघका निवर्तमान अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले १ करोड ४१ लाख रूपैयाँ तलब सुविधा बुझेका छन् ।

लक्ष्मी बैंकले पनि गत वर्ष सुदेश खालिङ र अजय शाहलाई गरेर कुल एक करोड २१ लाख भुक्तानी गरेको छ। माछापुच्छ्रे बैंकका सुमन शर्माले एक करोड १७ लाख रुपैयाँ बुझेका छन् भने मेगा बैंककी अनुपमा खुञ्जेलीले एक करोड १४ लाख रुपैयाँ पारिश्रमिक लिएकी छन् ।

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी रोशनकुमार न्यौपानेले २ करोड १३ लाख बुझ्दा कुमारी बैंकका सुरेन्द्र भण्डारीले २ करोड १४ लाख रुपैयाँ सुविधा बुझेका छन । यसैगरी ग्लोबल आइएमइ बैंकसँग विलय भएको जनता बैंकले तत्कालिन प्रमुख कार्यकारी पर्शुराम कुँवर क्षेत्रीले एक वर्षमा एक करोड ८० लाख रुपैयाँ पारिश्रमिक उपलब्ध गराएको छ ।

एनएमबीका सुनिल केसी, सिद्धार्थका शम्भुनाथ गौतम, नेपाल एसबिआइका अनुकुल भटनागरले डेढ करोड हाराहारी पारिश्रमिक बुझेका छन्। सिभिल बैंकका गोविन्द गुरुङले १ करोड ४३ लाख रुपैयाँ बुझेका छन ।

सरकारी बैंक कृषि विकास बैंकले अनिलकुमार उपाध्यायलाई साढे ३७ लाख दिएको छ भने नेपाल बैंकले ३० लाख भुक्तानी गरेको छ ।

कारोबार वृद्धिमा नेतृत्वदायी भुमिकामा रहने कार्यकारी अधिकृतहरूलाई जति धेरै तलब र सुविधा बैंकहरूले दिएका छन्, त्यहीअनुसारको कारोबारको नतिजा पनि सञ्चालक समितिले खोज्छ ।

सिईओहरूको व्यवस्थापन क्षमताले बैंकले नयाँ योजना ल्याउँदै कारोबार बढाइरहेको हुन्छ । नेपालमा हाल २७ वाणिज्य बैंक छन् । (विजमाण्डू बाट)

२०७६ पुस २९ गते प्रकाशित

वि.सं.२०७६ पुस २९ मंगलवार ०९:०६ मा प्रकाशित

You can share this post!

फेरि बढ्यो अन्डाको भाउ, प्रतिक्रेट कति ?

फेरि बढ्यो अन्डाको भाउ, प्रतिक्रेट कति ?

वि.सं.२०८२ असार १९ बिहीवार १८:२६

काठमाडौँ । १० दिनअघि मात्रै मूल्य समायोजन गरिएको अन्डाको भाउ...

बन्दिपुर केबलकारले ५८ लाख ६० हजार कित्ता आईपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

बन्दिपुर केबलकारले ५८ लाख ६० हजार कित्ता आईपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

वि.सं.२०८२ असार १९ बिहीवार १८:०९

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बन्दिपुर केबल कार एण्ड टुरिजम...

विकास हाइड्रोपावरको आइपीओमा १ अर्ब ३७ करोड बराबरका आवेदन, यस्तो छ अपडेट

विकास हाइड्रोपावरको आइपीओमा १ अर्ब ३७ करोड बराबरका आवेदन, यस्तो छ अपडेट

वि.सं.२०८२ असार १९ बिहीवार १८:०१

काठमाडौं । विकास हाइड्रोपावरको आइपीओमा १ अर्ब ३७ करोड ९...

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

वि.सं.२०८२ असार १९ बिहीवार १७:५३

काठमाडौँ :नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी नाडा अटो शो २०२५...

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु   

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु   

वि.सं.२०८२ असार १९ बिहीवार १७:३९

काठमाडौँ : मुलुकको हवाई क्षेत्रलाई व्यवस्थित, सुरक्षित र भरपर्दो तुल्याउन...

यसकारण सडक मार्गबाटै ल्याइयो हेलिकप्टर   

यसकारण सडक मार्गबाटै ल्याइयो हेलिकप्टर   

वि.सं.२०८२ असार १९ बिहीवार १७:२५

काठमाडौँ :  माउन्टेन हेलिकप्टर प्रालिले तातोपानी नाकाहुँदै हेलिकप्टर ल्याएको छ...