काठमाडौं । भोलि माघ १३ गते अर्थात सोमवार पनि सार्वजनिक बिदा दिएको छ । एक सूचना निकाल्दै हेलम्बु गाउँपालिकाको कार्यालयले सोनाम ल्होछारको अवसरमा विदा दिएको हो ।
यसअघि नै हेलम्बु गाउँपालिकाको कार्यालयले ११, १२ र १३ गते सार्वजनिक बिदाको घोषणा थियो । पालिकाले भोलि पनि सबै सरकारी कार्यालय, शिक्षण संस्था तथा सम्बन्धित निकायहरूमा पर्व बिदा दिने निर्णय गरेको छ।
वि.सं.२०७६ माघ १२ आइतवार ०५:१३ मा प्रकाशित