back
NMB ad

सडक दुर्घटनामा तेह्रको मृत्यु, यस्तो छ कारण

Kumari bank ad

नयाँ दिल्ली । भारतको पश्चिमी राज्य महाराष्ट्रमा भएको एक सडक दुर्घटनामा परी १३ व्यक्तिको मृत्यु भएको छ । बस नदीमा खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको प्रहरी स्रोतले शनिबार जानकारी दिएको छ ।

दुर्घटनामा परी १३ को मृत्यु हुनाका साथै अन्य तीन घाइते भएका स्थानीय प्रहरीलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरुले शनिबार जनाएका छन् ।

महाराष्ट्र प्रान्तीय राजधानी मुम्बईबाट ३७६ किलोमिटर दक्षिणतर्फ पर्ने कोल्हपुरमा रहेको पञ्चगंगा नदीमा शुक्रबार अबेर राति मिनीबस खसेको बताइएको छ ।

“गएराति एउटा मिनीबस पञ्चगंगा नदीमा खसेर भएको दुःखद दुर्घटनामा परी १३ को मृत्यु भएको छ भने अरु तीनजना घाइते भएका छन्”, कोल्हपुर प्रहरी कार्यालयका एक अधिकारीले भने । उनले थपे “शिभजी पुलमा चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो ।”

गान्पातीपुलेबाट पुणे जाँदै गरेको मिनीबस स्थानीय समयानुसार शुक्रबार राति ११ः४५ बजे दुर्घटना भएको प्रहरीले बताएको छ ।

घटना भएको थाहा पाउनेबित्तिकै प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य गरेको थियो भने थप अनुसन्धान पनि गरिरहेको छ । घटनाका पीडितहरु स्थानीय बासिन्दा भएको प्रहरीले जनाएको छ ।

भारतमा यस्ता सडक दुर्घटनाहरु धेरै नै हुने गरेका छन् । विशेष गरेर यात्रुहरुको अत्यधिक चाप, सडकको खराब अवस्था र चालकको लापर्बाहीका कारण दुर्घटना हुने गरेको पाइएको छ ।

हालै सार्वजनिक भएको आधिकारिक सरकारी तथ्यांकअनुसार सन् २०१६ मा भारतमा सडक दुर्घटनाका कारण दैनिक ४०० भन्दा बढीको मृत्यु भएको छ । भारत विश्वको तुलनामा बढी सडक दुर्घटना हुने देशका रुपमा पर्छ । रासस

 

२०७४ माघ १३ गते प्रकाशित

वि.सं.२०७४ माघ १३ शनिवार २१:१५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...