back
NMB ad

सेञ्चुरी बैंकको सिइओमा तुलसीराम गौतम नियुक्त, आउँदो नयाँ बर्ष देखि कार्यभार सम्हाल्दै

Kumari bank ad

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले नयाँ बर्षदेखि लागू हुने गरि तुलसीराम गौतमलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । गौतमले चार बर्ष माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए। त्यसपछि उनी दुई बर्षभन्दा केही बढि समय खाली रहे। सेञ्चुरी बैंकले बैशाख १९ गतेबाट लागू हुने गरि उनलाई प्रमुख कार्यकारी बनाएको हो।

यसअघि बैंकले अनिल शाहलाई प्रमुख कार्यकारी नियुक्त गरेको थियो तर बैंक र शाहबीच तलव सुविधामा कुरा नमिलेको कारण शाह बैंक हाजिर नभइ नियुक्ति खारेज गरिएको थियो । शाहले नबिल बैंकको जागिर पाएपछि सेञ्चुरी बैंकको करार तोडेको पनि आरोप लाग्ने गरेको छ।

अर्थशास्त्रमा स्नातक गौतम मार्केटिङ र फाइनान्समा एमबीएसमेत गरेका छन् । उनीसँग १० वर्ष नेपाल एसबिआइ बैंकमा काम गरेको अनुभव छ। ३६ वर्षअघि नेपाल बैंकबाट सेवा सुरु गरेका उनले तत्कालिन नेपाल इन्डोसेज बैंक छाडेर एसबिआइ गएका थिए। एसबिआइबाट माछुपुच्छ्रे बैंक गएका थिए।

वि.सं.२०७४ चैत १ बिहीवार १२:३३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...