back
NMB ad

अव सेयर कारोवार गर्न ब्रोकर अफिस धाउनु नपर्ने,  यस्तो आयो धितोपत्र बोर्डको निर्देशन

Kumari bank ad

काठमाडौं । धितोपत्र बोर्डले इन्टरनेट मार्फत सेयर खरिदबिक्रीको आदेश दिन सक्ने व्यवस्था कार्यान्वयनमा ल्याउन ब्रोकरहरुलाई निर्देशन दिएको छ । २०७५ सालको सुरुका दिनदेखि नै यस प्रणाली कार्यान्वयनमा ल्याई लगानीकर्तालाई इन्टरनेटबाट सेयर किनबेच आदेश दिने व्यवस्था मिलाउन बोर्डले ब्रोकरहरुलाई परिपत्र गरेको हो ।

लगानीकर्ताले आफ्नो ब्रोकर अफिसबाट उक्त सफ्टवेर लिएर घरमै बसी सेयर खरिद बिक्रीको आदेश गर्न सक्नेछन् ।
धितोपत्र बोर्डका अनुसार सेयर कारोबार प्रकृयालाई थप सहज, पारदर्शी एवं लगानीकर्ता मैत्री बनाउन नयाँ प्रविधि अवलम्बन गर्नुपर्ने भएको हो । यसैगरी, ब्रोकर कार्यालयमा रहने कारोबार सम्बन्धी अभिलेखलाई अझ व्यवस्थित र सुदृढ बनउन पनि इन्टरनेट प्रणाली आवश्यक रहेको बोर्डको भनाई छ ।

हाल प्रयोग भइरहेको ब्रोकर व्याक अफिस सफ्टवेरमा इन्टरनेट मार्पmत प्राप्त खरिद बिक्री आदेश दिने व्यवस्था लागू गर्न धितोपत्र बोर्डले यसअघि २०७३ फागुन २६ मा पनि ब्रोकरहरुलाई परिपत्र जारी गरेको थियो ।

यो प्रणाली लागू भएपछि ब्रोकर कार्यालयको अभिलेख पारदर्शी हुने तथा नेप्सेले कार्यान्वयनमा ल्याउन लागेको अनलाइन प्रणालीको आधार तय गर्नसमेत थप सहज हुने बोर्डको भनाई छ ।

 

२०७४ चैत ३० गते प्रकाशित

वि.सं.२०७४ चैत ३० शुक्रवार १५:३८ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...