back
NMB ad

प्रदेश १ को राजधानी र नामाकरण जेठ १५ मा टुंगो लाग्छ : मुख्यमन्त्री राई

Kumari bank ad

उदयपुर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरण र राजधानी सबैको सहमतिबाट निर्धारण गरिने बताउनुभएको छ ।

गाईघाटमा प्रेस सेन्टर नेपाल तथा प्रेस चौतारी नेपाल, उदयपुरले आज आयोजना गरेको संयुक्त पत्रकार सम्मेनमा मुख्यमन्त्री राईले भन्नुभयो, “प्रदेश सरकारले आगामी जेठ १५ सम्म प्रदेशको राजधानी कहाँ राख्ने र नाम के राख्ने भन्ने कुरा सहमतिबाट नै टुंगो लगाउनेछ ।”

प्रदेशको नाम र राजधानीबारे सहमतिका लागि सबै पक्षसँग वार्ता र छलफल भइरहेको उहाँको भनाइ थियो ।

प्रदेश सरकारले धेरै काम गरेर अगाडि बढाइरहेको बताउँदै उहाँले अहिलेसम्म प्रदेशसभाले ११ वटा कानुन बनाइसकेको स्पष्ट पार्नुभयो ।

प्रदेश नं. १ प्राकृतिक स्रोत र साधन भएको प्रदेश भएकाले यी स्रोत र साधन प्रचुर मात्रामा प्रयोग गर्ने तयारीका लागि गृहकार्य थालेको मुख्यमन्त्री राईले बताउनुभयो ।

 

२०७५ बैशाख २९ गते प्रकाशित

वि.सं.२०७५ वैशाख २९ शनिवार १८:५५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...