back
NMB ad

‘पाटा युथ ट्यालेन्ट क्वेस्ट’ को उपाधि प्रधान र लामालाई 

Kumari bank ad

काठमाडौँ, । प्यासिफिक एशिया ट्राभल एशोसियशन ‘(पाटा) युथ ट्यालेन्ट क्वेस्ट’ दोस्रो संकरणको उपाधि आइएसटी कलेजकी छात्रा तमन्ना प्रधान र मिडभ्याली इन्टरनेशनलका छात्र जिङ्गमे लामाले जितेका छन् ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मा आज सम्पन्न प्रतियोगितामा क्रमशः ‘पब्लिक स्पिकिङ्ग’ प्रधान र ‘कन्टेन्ट राइ्टिङ्ग’ विषयमा लामाले उपाधि चुमेका हुन् ।

विजेताले पुरुस्कारस्वरुप आगामी सेप्टेम्बर १२ देखि १४ सम्म लङ्ककावी मलेसियामा आयोजना हुने पाटा ट्राभल मार्ट–२०१८ मा सहभागी हुने अवसर प्राप्त गरेको आयोजक पाटा नेपाल च्याप्टरले जनाएको छ ।

प्रतियोगिताका दुईवटै विधामा पाटा नेपाल सदस्य शैक्षिक संस्थाहरु गेट, नाथम, क्याथ, एनसीटीटीएम, मिडभ्याली, पब्लिक युथ, सिल्भर माउन्टेन र आईएसटी कलेजका गरी १६ जना विद्यार्थी सहभागी थिए ।

यस वर्ष पाटाले नेपाली पर्यटन क्षेत्रको समसामयीक चुनौतीपूर्ण विषयहरु ‘वर्तमान परिप्रेक्षमा नेपाली पर्यटन प्रवद्र्धनका लागि विश्लेषण’ तथा ‘प्रतिभा पलायन न्यूनीकरण तथा दिगो दक्ष जनशक्ति निर्माणका उपायहरु’ शीर्षकमा प्रतियोगिता गरेको हो ।

नेपाली पर्यटन क्षेत्रमा अध्ययनरत् विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धामार्फत प्रस्फुटित गराउने तथा नेपाली पर्यटन क्षेत्रमा भावी सबल पर्यटन जनशक्तिको खोजी गर्ने उद्देश्यका साथ पाटा नेपालले गत वर्षदेखि प्रतियोगिता शुरु गरेको थियो ।

पाटा नेपाल च्याप्टर सदस्य शैक्षिक संस्थाहरुमा अध्ययनरत् विद्यार्थीबीच यो प्रतिस्पर्धा गराइन्छ । पाटा नेपालले प्रतिभावान विद्यार्थीलाई आवश्यक तालीम तथा विविध अवसर प्रदान गराई उनीहरुको सशक्तीकरण तथा सुनौलो भविष्य निर्माणका लागि प्रेरक माध्यमको रुपमा यस कार्यक्रमलाई अघि सारेको विज्ञप्तिमार्फत जनाएको छ ।

पर्यटन क्षेत्रमा दक्ष जनशक्ति निर्माण तथा नयाँ पुस्तामा नेतृत्व सीप अभिवृद्धि गर्ने उद्देश्यले अभियानलाई निरन्तरता दिइएको पाटा नेपालका अध्यक्ष सुनिल शाक्यले बताउनुभयो ।

पूर्व पर्यटन सचिव दीपेन्द्रपुरुष ढकालले पाटा नेपालको दक्ष जनशक्ति निर्माण अभियानमा “युथ ट्यालेन्ट क्वेस्ट” जस्ता महत्वपूर्ण कार्यहरु सराहनीय छ भन्नुभयो ।

नेपालले दिगो पर्यटन विकास, दक्ष जनशक्ति निर्माण एवम् सशक्तीकरण अभियानलाई सार्थक बनाउन लागिपरेको पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले जानकारी दिनुभयो ।
                                                                                                              २०७५ साउन २२ गते प्रकाशित ।

वि.सं.२०७५ साउन २२ मंगलवार ११:३० मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...