back
NMB ad

एनआरएनए युरोपको क्षेत्रीय साइबर बैठक सम्पन्न

Kumari bank ad

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत युरोप क्षेत्रको क्षेत्रीय साइबर बैठक सम्पन्न भएको छ । २४ मार्च २०१९ मा क्षेत्रीय सयोजक शिव बरुवाल को अध्यक्षतामा सम्पन्न बैठकले १२ औँ युरोपेली भेला अगस्ट ३ र ४ मा इटालीको रोममा गर्ने निर्णय सर्वसम्मतिले पारित गरेको छ ।

बैठकमा संस्थाले विगतमा गरेका गतिविधिको समिक्षा गर्दै आगामी कार्ययोजनाको बारेमा समेत छलफल गरिएको थियो । बैठकमा यूरोपेली क्षेत्रमा रहेका गैरआवासीय नेपालीहरुलाई संघको सदस्यता वितरण त्यसको व्यवस्थापन तथा नवीकरण लगायतका विषयमा सचेत गराउने र हाल भइरहेको पहललाई समेत थप सार्थक बनाउने गरी अघि बढ्ने निर्णय गरिएको छ । साथै यूरोप क्षेत्रमा नेपाल महोत्सवको आयोजना गर्ने र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन व्यापक प्रचार प्रसार गर्ने निर्णय समेत गरिएको छ ।

बैठकबाट १२ औँ युरोपेली भेला लाई भव्य रुपमा सम्पन्न गर्नको लागि युरोप संयोजक शिव बरुबालको संयोजकत्वमा युरोप क्षेत्रका सम्पुर्ण आइसीसी सदस्य एनसीसी अध्यक्ष आयोजक राष्ट्र इटालीका उपाध्यक्ष महासचिव समेत रहने गरि एक मुल आयोजक समिती गठन गरेको छ ।

युरोप उप–संयोजक गोबिन्द प्रसाद गौतमले सञ्चालन गर्नुभएको बैठकमा युरोप क्षेत्रका महिला उपसयोजक , युवा उपसयोजक साथै एनसीसी अध्यक्षहरुले आफ्नो प्रगति प्रतिबेदन प्रस्तुत गर्दै सदस्यता वितरणको लागि संघले सुरु गरेको नया“ डिजिटल प्रविधीलाई सहज बनाउनुपर्ने र डाटा सुरक्षाको ग्यारेन्टी हुनुपर्ने धारणा राख्नु भएको थियो । आइसीसी सदस्यहरुले आइसीसी र एनसीसीबीच समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने विषयमा चर्चा गर्नुभएको थियो ।

बैठकमा आइसीसी उपाध्यक्षद्वय कुमार पन्त र सपिला राज भन्डारीले सम्बोधन गर्दै आगामी कार्ययोजनाको बारेमा जानकारी गराउनुभएको थियो । युरोप का २८ राष्ट्रमा फैलिएर रहेको एनआरएनए युरोप क्षेत्रको बैठकमा युरोप क्षेत्रका विभिन्नएनसीसी अध्यक्ष तथा महासचिवहरु,आइसीसी सदस्यहरु युरोप क्षेत्रका उप–संयोजकहरु महिला उपसयोजक , युवा उप–संयोजक लगायतको सहभागिता रहेको थियो ।

२०७५ चैत १२ गते प्रकाशित

वि.सं.२०७५ चैत १२ मंगलवार १०:४७ मा प्रकाशित

You can share this post!

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...