back
NMB ad

हरेक १० मिनेटमा मुस्ताङको मौसमसम्बन्धि जानकारी

Kumari bank ad

काठमाडौं । बुद्ध पावर कम्पनीले मुस्ताङको जोमसोममा सञ्चालनमा ल्याएको अनलाइन मौसम मापन केन्द्र उन्नत वायु तथा सौर्य उर्जा केन्द्र र मुस्ताङ उपत्यकाको दिगो र हरित उर्जा विकास सम्बन्धि एक अध्ययन रिपोर्ट उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयलाई सोमबार हस्तान्तरण गरेको छ । बुद्ध पावर कम्पनीले पछिल्लो दुई वर्षमा पहिलो व्यवसायीक मौसम मापन स्थल (केन्द्र) पहिलो उन्नत वायु तथा सौर्य उर्जा स्थल (केन्द्र) विकास गरी मुस्ताङमा सञ्चालन गरेको हो । मौसम मापन स्थल (केन्द्र) ले मुस्ताङ उपत्यकाको मौसमसम्बन्धि जानकारी हरेक १० मिनेटमा अनलाइनमार्फत दिन्छ ।

मौसम मापन स्थल (केन्द्र) र उन्नत वायु तथा सौय (केन्द्र) मुस्ताङ जिल्लाको जोमसोमस्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेको उन्नत वायु तथा सौय (केन्द्र) ले प्रहरी कार्यालयलाई प्रसस्त पुग्ने विजुली उत्पादन गरिरहेको छ र हालसम्म कुनै समस्या आएको छैन । त्यसैगरी मौसम मापन स्थल (केन्द्र) सञ्चालन गरेदेखि मुस्ताङ उपत्यकाको प्रत्येक १० मिनेटको मौसमसम्बन्धि रिपोर्ट अनलाइनमार्फत बुद्ध पावरको कार्यालय पोखरा र स्पेनमा रहेको कम्प्युटरमा संकलन भइरहेको छ । हालसम्म उक्त स्टेसनले निरन्तर रुपमा मौसमसम्बन्धि वास्तविक जानकारी दिँदै आएको छ ।

उन्नत वायु तथा सौर्य उर्जा केन्द्रमा १८ महिनाको परिक्षण अवधिमा कुनै समस्या नआएको र पूर्ण क्षमतामा सञ्चालनमा रहेकाले मुस्ताङ उपत्यकाको अन्य स्थानहरुमा पनि धेरै प्रकारका ठूला तथा साना यस्ता परियोजना सञ्चालन गर्न सकिने जानकारी गराउँदछौं । मुस्ताङका साथै अन्य हिमाली जिल्लामा पनि अनलाइन मौसम मापन केन्द्र सञ्चालन गर्न र सँगै उन्नत वायु तथा सौर्य र भौगर्भिक उर्जा मार्फत बिजुली उत्पादन गर्न सकिन्छ ।

साथै, बुद्ध पावर कम्पनीले प्राविधिक तथा व्यवहारिक अध्ययन मार्फत तयार पारेको मुस्ताङ उपत्यकाको दिगो र हरित उर्जा विकास सम्बन्धि प्रतिवेदनले दिर्घकालिन उर्जा विकासमा टेवा र्पुयाउने विश्वास लिएका छौं । हामी नेपालका अरु थप १० दुर्गम जिल्लामा १० वटा अन लाईन मौसम मापन केन्द्र बनाउन तयार छौं । यसले अर्को १२ महिनामा दिएको रिर्पोटको आधारमा नेपालका हिमाली दुर्गम जिल्लामा मेघावाट स्तरीय उन्नत वाय’ तथा सौर्य एवं भौगर्भिक उर्जा उत्पादन गर्न सकिने छ । आगामी दिनमा यस्तै अन्य परियोजना अगाडि बढाउन नेपाल सरकारले हामीलाई अनुमति दिएमा हामी परीयोजना संचालन गर्न तयार भएको जानकारीका गराइयो ।

२०७६ बैशाख १० गते प्रकाशित

वि.सं.२०७६ वैशाख १० मंगलवार ११:५५ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...