back
NMB ad

भक्तपुरमा आर्थिक विकासबारे राष्ट्रिय सम्मेलन हुने

Kumari bank ad

काठमाडौं । ख्वप कलेज भक्तपुरले आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा दुईदिने राष्ट्रिय सम्मेलन गर्ने भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा हुने सम्मेलन आगामी जेठ ३१ गते शुक्रबार र ३२ गते शनिबार भक्तपुरमा हुने कलेजले जनाएको छ ।

आयोजक कलेजका प्रचार्य रुपक जोशीले समग्र मुलुकको आर्थिक विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ पहिलो पटक सम्मेलन गर्न लागेको जानकारी गराए । सम्मेलनमा विभिन्न कार्यपत्रहरु प्रस्तुति हुने प्राचार्य जोशीले जनाए । संस्थागत, व्यक्तिगत र विद्यार्थी गरी तीन वर्गबाट विभिन्न विषयमा कार्यपत्रहरु प्रस्तुति हुने उनले जनाए ।

एकाउन्टेन्सी, फाइनान्स, मार्केटिंग, फाइनान्सिएल मार्केट, लेवर रिलेशन, इन्टरनेशनल ट्रेड, इकोनोमिक ग्रोथ एण्ड डेभलपमेन्ट, ह्युम रिसोर्स म्यानेजमेन्ट, प्रोडक्सन एण्ड अपरेशन म्यानेजमेन्ट, इन्टरप्रियनर्स डेभलपमेन्ट, बैंकिंग एण्ड इन्स्युरेन्स तथा अरु म्यानेजमेन्टसँंग सम्वन्धित विषयमा रहेर कार्यपत्र प्रस्तुत गर्न सकिने जनाइएको छ । त्यसका लागि विभिन्न विज्ञहरुलाई आह्वान गरिसकेको कलेजले जनाएको छ ।

सम्मेलनमा देशभरबाट एक सयदेखि एक सय ५० जनाको सहभागिता रहने कलेजको अपेक्षा छ । त्यसका लागि आवश्यक सम्पूर्ण तयारीको काम तीव्र रुपमा भइरहेको कलेजले जनाएको छ । २०५८ स्थालमा स्थापित कलेजले स्थापनाको २० वर्षको उपलक्ष्यमा २०७८ सालमा अन्तर्राष्टिय सम्मेलन गर्ने योजना रहेको जनाइएको छ ।
सम्मेलन तीन चरणमा हुने जनाइएको छ । उदघाटन, टेक्निकल सेक्सन र समापन हुने जनाइएको छ । सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न राजन फाँंजूको संयोजकत्वमा विभिन्न समितिहरु गठन गरिएका छन् ।

कलेज भक्तपुर नगरपालिकाद्धारा सञ्चालित छ । स्थानीय निकायबाट सञ्चालित यो देशकै एउटै मात्रै कलेज हो । देश र जनताप्रति समर्पित भन्ने नाराका साथ भक्तपुर नगरपालिकाले योबाहेक ख्वप इन्जिनियरिंग कलेज, ख्वप कलेज अफ इन्जिनियरिंग गरी सात वटा कलेजहरु सञ्चालित छन् । यसअघि दुई वटा इन्जिनियरिंग कलेजहरुले वैशाखमा संयुक्त रुपमा दोश्रो अन्तर्राष्टिय सम्मेलन गरेको थियो ।

२०७६ बैशाख ५ गते प्रकाशित

वि.सं.२०७६ जेठ ५ आइतवार १२:३७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...