back
NMB ad

शुक्लाफाँटा आरक्ष पीडितहरुको व्यवस्थापन गर्न वन मन्त्रीको ध्यानाकर्षण

Kumari bank ad

काठमाडौं । कञ्चनपुर जिल्ला स्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष (राष्ट्रिय निकुञ्ज) का कारण घरबारविहीन भएका बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकाका गरी करिब १५ सय घरपरिवारलाई जग्गा सहित आवासको व्यवस्था गर्न माग गर्दै वन तथा वातावरण मन्त्री शक्ति बस्नेतको ध्यानाकर्षण गराइएको छ ।

खानेपानी मन्त्री बिना मगर सहित गएको प्रतिनिधिमण्डलले वन तथा वातावरण मन्त्री बस्नेतसँग भेट गरी घरबारविहीन भएका नागरिकलाई उचित व्यवस्थापन गर्नुपर्ने माग राखी ध्यानाकर्षण गराइएको हो । भेटमा खानेपानी मन्त्री मगर सहित बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरी र बेलडाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापा लगायतका टोली सहभागी थियो ।

वन मन्त्री बस्नेतले घरबारविहीन भएका उक्त क्षेत्रका जनतालाई जग्गासहित आवासको व्यवस्थापन चाँडो भन्दा चाँडो गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । आरक्ष पीडित जनताको समस्या समाधान गर्न सरकार गम्भीर रहेको उहाँको भनाई थियो ।

निकुञ्जले २०५८ सालमा साविकको रौतेली बिचवा गाउँका बासिन्दाहरुलाई साविकको बेलडाँडी गाविस वडा नं. ९ मा ल्याई बसोबास गराएपछि बेलडाँडीका बासिन्दाहरु घरबारविहीन हुन पुगेका थिए । बेलडाँडी र बेलौरीका स्थानीय बासीहरु घरबार विहीन भएपछि बिचल्लीमा परेका थिए ।  उतिबेलाको समस्या अहिले पनि ज्युँ का त्युँ नै रहेको बेलडाँडी गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो । उहाँले समस्या समाधानका लागि भनेर धेरै आयोग बनाईएपनि घरबारविहीन जनताको समस्या अझै समाधान नभईसकेको स्पष्ट पार्नुभयो ।

त्यसैगरी वन मन्त्रीसँगको भेटमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशका लागि पर्यटकलाई सहजता प्रदान गर्न नयाँ प्रवेशद्वार खुल्ने भएको छ । कञ्चनपुरको बेलडाँडीदेखि पर्यटक प्रवेशको लागि नयाँ प्रवेशद्वार खुल्न लागेको हो । उक्त प्रवेश द्वारको उद्घाटन वन तथा वातावरण मन्त्री बस्नेत र खानेपानी मन्त्री बिना मगरबाट गराउने तयारी स्थानीय गाउँपालिका र नगरपालिकाले गर्ने भएको छ । नयाँ खुल्ने प्रवेशद्वारसँगै पर्यटकहरुलाई जंगल सफारी गराउनका लागि सहज हुने बेलौरी नगरपालिकाका मेयर चौधरीले बताउनुभयो ।

जेठ २१ गते प्रकाशित

वि.सं.२०७६ जेठ २१ मंगलवार १०:०६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...