back
NMB ad

अर्घाखाँची पिपिसी सिमेन्ट नेपाली बजारमा

Kumari bank ad

काठमाडौं । देशकै उत्कृष्ट र गुणस्तरीय ओपिसी सिमेन्ट उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्टले आम उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखी पिपिसी सिमेन्ट आजदेखि औपचारीक रुपमा नेपाली बजारमा ल्याएको छ ।

नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको प्रमाणित गरी जेठ २४ गते (शुक्रबार) नेपाल सरकार उद्योग, वाणिज्य तथा नापतौल विभागले कम्पनीलाई एनएस चिन्ह प्रदान गरेसँगै कम्पनीले आजैदेखि पिपिसी सिमेन्टलाई देशैभरीको बजारमा बिक्रीका लागि ल्याएको हो ।

कम्पनीले बिगतमा ओपिसी सिमेन्टमा हासिल गरेको सफलता र उपभोक्ताको विश्वासलाई थप बढोत्तर गरी राष्ट्रको विकास–निर्माणमा योगदान गर्ने उदेश्यको साथ पिपिसी सिमेन्टको उत्पादन थालेको हो ।

कम्पनीले हाल विश्वमा प्रचलित अत्याधुनीक एफएल स्मिथको डेनिस प्रविधिको भिआरएम मेसिन बाट गुणस्तरिय सिमेन्ट उत्पादन गर्दै आएको छ । साथै आफ्नै खानीको चुनढुङ्गाको प्रयोगद्धारा क्लिंकर बनाइने हुनाले अर्घाखाँची सिमेन्ट कम्पनीको उत्पादनहरुको गुणस्तरमा एकरुपता रहँदै आएको छ ।

एउटै फ्याक्ट्री परिसरभित्र दुईवटा छुट्टाछुट्टै पोडक्सन लाइन मार्फत ओपिसी र पिपिसी उत्पादन गर्ने सम्भवत यो नेपालकै पहिलो सिमेन्ट कम्पनी हो । अर्घाखाँची पिपिसी सिमेन्ट सार्वजनिक गर्ने क्रममा नेपाल उद्योग बाणिज्य महासंघका निबर्तमान अध्यक्ष तथा कम्पनीका निर्देशक पशुपति मुरारकाले भन्नुभयो, “हामीले सिमेन्टको गुणस्तर र तौलमा कुनै सम्झौता गरेका छैनौं । नयाँ प्रविधि र उपभोक्ताको बढ्दो मागका कारण हामीले अर्घाखाँची पिपिसी सिमेन्ट उत्पादन गर्न सुरु गरेको हौं ।

पिपिसी सिमेन्टको उत्पादन र बिक्रीवितरणसँगै बिक्रेता, उपभोक्ता एवं निर्माणकर्मीहरु माझ उच्च गुणस्तरको सिमेन्ट उपलब्ध गराउने हाम्रो प्रतिबद्धतामा नयाँ उपलब्धी हासिल गर्न हामी सफल भएका छौं । यसले हाम्रो उत्पादनप्रति ग्राहकहरुको विश्वास थप मजबुत हुनेमा हामी बिश्वस्त छौं ।”

२०७६ जेठ २७ गते प्रकाशित

वि.सं.२०७६ जेठ २७ सोमवार १०:४३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...