back
NMB ad

नेपाल प्रहरीले सुरु गर्यो मापसे सँगै लापसे परिक्षण

Kumari bank ad

काठमाडौं । बागलुङ जिल्लामै पहिलोपटक लापसे परीक्षण गरिने भएको छ । मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउनेलाई प्रहरीले कारवाही गरेपछि सवारी चलाउने सङ्ख्यामा ह्वात्तै कमी आए पनि पछिल्लो समय लागु पर्दाथ सेवन (लापसे) गरेर सवारीसाधन चलाउने बढ्न थालेपछि बागलुङ जिल्लामै पहिलोपटक लापसे परीक्षण गरिने भएको हो ।

मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउनेलाई कारवाहीपश्चात सफलता प्राप्त गरेको नेपाल प्रहरीलाई फेरि लागु पदार्थ सेवन (लापसे) को चुनौती थपिएको छ । सवारी चालकहरुले शरीरलाई लठ्ठ बनाउनका लागि मादक पदार्थको ठाउँमा लागु पदार्थ सेवन गर्न थालेको जनगुनासो बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय बागलुङले लापासे जाँच गर्ने किट भित्र्याएको छ ।

जिल्लामा लापसे जाँच गर्ने किट भित्रिएसँगै सवारी चालकहरु मात्र होइन, अभिभावकले आफ्ना छोराछोरीले लागु पदार्थ सेवन गरे/नगरेको घरमै जाँच्न सक्ने भएका छन् । लागु पदार्थ सेवन एक जटिल सामाजिक कुरीतिका रुपमा रहेको हुँदा यसलाई निर्मूल पार्नका लागि लापसे परीक्षण गर्ने किट भित्र्याएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताउनुभयो । “लागु पदार्थ सेवन गरे/नगरेको भनेर तत्काल प्रमाण जुटाउन नसक्दा प्रहरीलाई समस्या थियो”, भट्टले भन्नुभयो, “शङ्का लागेको व्यक्तिको किटको सहायताबाट दुई मिटेनमै नतिजा निकाल्न सकिन्छ ।” लापसे जाँच गर्न शुरु गरेपछि सवारी दुर्घटनामा मात्र कमी नभई घरमा अभिभावकलाई ढाँटेर, छल गरेर दुव्र्यसनमा फस्नेहरुको सङ्ख्यामा पनि कमी आउने भट्टको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले पहिलो चरणमा २० वटा किट ल्याएर लापसे परीक्षण गर्न थालेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बजेट अभावका कारण पर्याप्त रूपमा किट खरीद गर्न नसकिएको भन्दै प्रहरी प्रमुख भट्टले स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो । “एउटा किटले लागुऔषधका छ वटा प्रकार परीक्षण गर्न सकिन्छ”, उहाँले भन्नुभयो “‘लागु पदार्थ सेवनविरुद्ध बागलुङ प्रहरी एक्सनमा उत्रिन्छ ।”

लागु पदार्थ प्रयोगकर्ताले गाँजा, हिरोइन, इनजेक्सन, ट्याब्लेट जे प्रयोग गरेको भए पनि तत्कालै किटको सहायताबाट पत्ता लगाउन सकिने भएकाले समाज सुधारका लागि निकै ठूलो उपलब्धि हासिल गर्न सकिने भट्टको भनाइ छ । बागलुङ जिल्लामा लागु पदार्थ नियन्त्रणको लागि प्रहरीले विभिन्न उपाय अपनाएको भए पनि लापसे किटबाट जाँच गरेर प्रयोगकर्ता छुट्याउने प्रविधिको भने पहिलोपटक प्रयोग गर्न थालिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

एउटा किटलाई करीब रु ४०० पर्ने भएकाले यो परीक्षण विधि निकै खर्चिलो भने छ ।

 

२०७६ साउन १६ गते प्रकाशित 

वि.सं.२०७६ साउन १६ बिहीवार १०:४४ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...