back
NMB ad

उपभोक्तालाई शुद्धीकरण गरिएको पानी वितरण

Kumari bank ad

काठमाडौं । कैलालीको टीकापुर–६ नारायणपुरस्थित खानेपानी संस्थाले बुधबारबाट शुद्धीकरण गरेको पानी वितरण शुरु गरेको छ । संस्थामा जडित फिल्टरको बुधबार परीक्षण गरिएपछि उपभोक्तालाई शुद्धीकरण गरिएको पानी वितरण गर्न शुरु गरिएको हो । प्रतिघण्टा एक लाख ४० हजार लिटर क्षमताको फिल्टर जडान भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनगढीका प्रमुख मोहन कुँवरले जानकारी गराए । “भौतिक, रासायनिक र जैविक ट्रिटमेण्ट गरेर पानी सप्लाई गर्छौं”, कुँवरले भने , “नारायणपुर क्षेत्रको पानीमा आइरन बढी थियो आइरन घटाएर पानी सप्लाई हुन्छ ।”

नारायणपुरमा शुद्धीकरण गरेको पानी वितरण हुन थालेपछि कैलालीका पाँच ठाउँका उपभोक्ताले शुद्धीकरण गरेको पानीखान पाएका छन् । २०५७ सालमा स्थापना भएको नारायणपुर खानेपानी संस्थाले २०७३ सालबाट उपभोक्तालाई पानी वितरण गर्दै आएको छ । दुई लाख २५ हजार लिटर क्षमताको ट्याङ्कीमार्फत त्यस क्षेत्रमा खानेपानी वितरण भइरहेको छ । “टीकापुरका ६, ७ र ९ का केही वडामा पानी वितरण भइरहेको छ ।” नारायणपुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष चिरञ्जीवी खनालले भने, “अहिलेसम्म २०० घरपरिवारले मात्र धाराको पानी खाइरहेका छन् ।”

उनले खानेपानीका बारेमा उपभोक्ता सचेत नभएको गुनासो गरेका छन् । यसअघि उपभोक्ता समितिले धारा जडान गर्दा रु तीन हजार ८०० लिने गरेको भए पनि अब रु सात हजार लिने निर्णय गरेको बताइन्छ । मासिक रु १०० प्रति उपभोक्ता शुल्क लिने गरिएको छ । ५० प्रतिशत रोग खानेपानीकै कारणले लाग्ने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । नारायणपुरमा शुद्धीकरणसहितको पानी वितरण हुन थालेपछि उपभोक्ता हर्षित भएका छन् । आइरन बढी भएको पानी पिउन बाध्य नारायणपुरका दुई हजार परिवार बासिन्दा शुद्धीकरणबाट खानेपानी मापदण्डको पिउने पानीखानी पाउने भएका छन् । फिल्टर जडानले उपभोक्तालाई सचेत गराएको स्थानीयको भनाइ छ । (रासस)

२०७६ साउन २३ गते प्रकाशित

वि.सं.२०७६ साउन २३ बिहीवार ११:४५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...