back
NMB ad

गरिमाले गर्यो ५९ करोड २२ लाख खुद नाफा आर्जन, अधिकांस सूचकमा सुधार

Kumari bank ad

काठमाडौं । गरिमा विकास बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा अधिकांस सूचकमा सुधार गरेको विवरणमा उल्लेख छ ।

गत असार मसान्तसम्म ५९ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो आवको तुलनामा २६.३२ प्रतिशत बढी हो । अघिल्लो वर्ष यसै अवधिमा बैंकले ४६ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको वितरण योग्य नाफा ४५ करोड ३१ लाख रुपैयाँ छ । बैंकको चुक्ता पुँजी पनि १० प्रतिशतले बढेर २ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ कायम भएको छ ।

गरिमाले निक्षेप संकलन र कर्जा प्रवाह क्रमशः ३५.७६ प्रतिशत र ५१.२७ प्रतिशतले बढाएको छ । बैंकको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ७४ पैसाले बढेर २१ रुपैयाँ २४ पैसा भएको छ । गरिमाको प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ४६ पैसा छ ।

२०७६ साउन २८ गते प्रकाशित

वि.सं.२०७६ साउन २८ मंगलवार ०८:२२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...