काठमाडौं । पछिल्लो केहीदिन नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी रहेको छ ।
शुक्रबार प्रतितोला २ सयले घटेर ७० हजार ६ सयमा कारोबार भएको सुनको मुल्य आइतबार तोलामा ४ सयले घटेर ७० हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जानकारी दिएको छ ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँ, चाँदीको मूल्यमा प्रतितोला ३० रुपैयाँ घटेर ८४० रुपियाँमा कारोबार भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ८७० मा कारोबार भएको थियो ।
लगातार रुपमा आकाशियको सुनको मुल्य यसरी थोरै मात्रामा भएपनि घटेपछि सुन किन्ने उपभोत्ताको लागि राहत भएको छ । यसरी दिनप्रतिदिन केहीमात्रा घटिरहेको सुनको मुल्य अझै घट्छ कि भन्नेमा सुन किन्नेहरुको जिज्ञासा रहेको छ ।
२०७६ भदौ २९ गते प्रकाशित
वि.सं.२०७६ भदौ २९ आइतवार १४:०८ मा प्रकाशित