back
NMB ad

‘करोड क्लवको दावेदार’, बसन्त थापाको “बोकेझार” (भिडियो सहित)

Kumari bank ad

काठमाडौं । मौलिक सृजनाका खानी चर्चित गायक तथा संगितकार बसन्त थापाको नयाँ सांगेतिक कोशेली खेतमा बोके झार बजारमा आएको छ ।

बहुप्रतिभाशाली सर्जक प्रल्हाद सुवेदीको उत्कृष्ट शव्द सृजना तथा सर्जक, संगीतकार थापा र बिष्णु माझीको आवाजमा रहेको उक्त गीत बुधवार मात्र बजारमा आएको छ ।

हालै मात्र नेपाली चलचित्र छ माया छपक्कैमा समेत संगीत भरेर नयाँ स्वाद पस्केका थापाले नयाँ बहुप्रतिक्षित गीत ‘बोकेझार’ बजार ल्याउनुभएको हो ।

यसभन्दा अगाडि थापाले संगीत बजारमा ल्याएको सालको पात अत्याधिक रुचाइएको थियो । जुन युट्युवमा ४ करोड बढिले हेरेका छन ।

पछिल्लो समय थापाले सृजना गरेका गीत/संगीत अत्याधिक रुचाइएको छ । अन्य सृजनालाई जस्तै यस गीतलाई पनि दर्शक, श्रोताले रुचाउने गायक थापाको विश्वास छ ।

मौलिक शव्द सृजना, आवज र भिडियो निर्माण पक्ष पनि फरक खालको भएकाले यो बोकेझार पनि करोड क्लवमा जाने सहजै अनुमान गर्न सकिन्छ ।

कृष्ण बिकले संगीत एरेञ्ज, सुनिल क्षत्रीको कोरियाग्राफी एवम निर्देशन रहेको भिडियाको सम्पादन विकास ज्ञवालीले गर्नुभएको म्युजिक भिडियोमा सुनिल क्षत्री, रक्षा श्रेष्ठ, श्रीकृष्णबम मल्ल मुख्य अभिनयमा देखिनुभएको छ ।

भिडियोका लागिः

२०७६ असोज ०१ गते प्रकाशित

वि.सं.२०७६ असोज १ बुधवार १२:४७ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...