काठमाडौँ । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरामा आउन सबै श्रमिकहरुलाई पुनःआह्वान गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन सबै श्रमिकहरुलाई पुनः आह्वान गर्नुभएको हो ।
उहाँले सरकारको सो अभियानमा साथ दिनपनि सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो । सरकारी तथ्याङ्क अनुसार हाल ६५ हजार ५ सय ६७ जना मात्रै सामाजिक सुरक्षा योजनामा सूचिकृत भएका छन ।
बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले श्रमिकलाई न्यूनतम वेतन समेत नदिने कुनै पनि संस्थामाथि सरकारले कारवाही गर्ने चेतावनी पनि दिनुभयो ।
मन्त्री विष्टले सबै सरकारी तथा निजी क्षेत्रमा काम गरिरहेका शिक्षकहरुलाई न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न पनि सबै विद्यालयहरुलाई सचेत गराउनुभयो ।
मन्त्री विष्टले निजी क्षेत्रमा काम गरिरहेका शिक्षकहरुको पनि सामाजिक सुरक्षा योजना अन्तरगत पेन्सनको व्यवस्था गर्ने आश्वासन पनि दिनुभयो ।
२०७६ असोज ०१ गते प्रकाशित
वि.सं.२०७६ असोज १ बुधवार १६:५७ मा प्रकाशित