back
NMB ad

राष्ट्र बैंकको निक्षेपप्रति आकर्षित, बैंकलाई डेढ अर्ब निक्षेप दिँदै

Kumari bank ad

काठमाडौं । राष्ट्र बैंकले एक अर्ब ४० करोड रुपैयाँ निक्षेप राख्न बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव मागेको छ । केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको रकम आगामी कात्तिक १ देखि २०७७ कात्तिक १ सम्मका लागि एक वर्षे मुद्दति निक्षेप राख्न राष्ट्र बैंकले सिलबन्दी दरभाउपत्र मागेको हो ।

राष्ट्र बैंकले एक अर्ब ११ करोड ५४ लाख रुपैयाँ वाणिज्य बैंकलाई दिने भएको छ । २० करोड ९१ लाख राष्ट्रिय स्तरका विकास बैंकलाई र ६ करोड ९७ लाख राष्ट्रिय स्तरका वित्त कम्पनीलाई दिने राष्ट्र बैंकले बताएको छ ।

यस्तो पैसा पाउन बैंक तथा वित्तीय संस्थाले आगामी बिहीबारसम्म बोलकबोल पेस गर्नुपर्नेछ । केन्द्रीय बैंकले वाणिज्य बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पैसा अभाव चर्किरहेको बेला यस्तो बोलकबोलको प्रस्ताव अघि सारेको हो ।

राष्ट्र बैंकले यस्ता कोषको पैसा अहिले पनि बैंक तथा वित्तीय संस्थामा राखिरहेको छ । त्यसमा प्राप्त हुने ब्याज र नयाँ रकमसमेत जोडेर हरेक वर्ष बैंक तथा वित्तीय संस्थालाई निक्षेप दिँदै आएको छ ।

निक्षेपको समस्यामा परेका बैंक तथा वित्तीय संस्थाले बढी ब्याज तिरेर राष्ट्र बैंकको पैसा लिने गर्छन । राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाले लिने अरु कुनै पनि पैसाका आधारमा ऋण दिन नपाइने भए पनि यस्तो निक्षेपको आधारमा ऋण दिन पाइन्छ । त्यसले पनि बैंक राष्ट्र बैंकको निक्षेपप्रति आकर्षित हुने बैंकर बताउँछन । अन्नपुर्ण पोष्टबाट

२०७६ असोज १५ गते प्रकाशित

वि.सं.२०७६ असोज १५ बुधवार ०७:४५ मा प्रकाशित

You can share this post!

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...