back
NMB ad

पोषणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने

Kumari bank ad

काठमाडौं । ‘मानव र पृथ्वीलाई सँगै पोषित गर्दै’ भन्ने नाराका साथ पोषण बिस्तार अभियान (‘स्केलिङ अप न्युट्रिशन – सन मुभमेन्ट’) को अन्तर्राष्ट्रिय सम्मेलन आगामी कात्तिक १८ देखि २१ सम्म काठमाडौंको होटल याक एण्ड यतिमा हुने भएको छ ।

नेपाल सरकार र सन मुभमेन्टको संयुक्त आयोजनामा हुन लागेको यस सम्मेलनमा विभिन्न देशका राष्ट्र वा सरकार प्रमुखसहित ८० भन्दा बढी देशका प्रतिनिधिहरु सहभागी हुनेछन ।

सम्मेलनका अन्य सहभागीहरुमा संयुक्त राष्ट्रसंघीय निकायका प्रमुखहरु र क्षेत्रीय सँगठन, नागरिक समाज, विकास साझेदार र निजी क्षेत्रका प्रतिनिधिहरु रहुनेछन ।

सन मुभमेन्टका सदस्य राष्ट्रमै आयोजना हुने यो दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन नेपालका सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले गर्नु हुनेछ ।

सम्मेलनमा युनिसेफकी कार्यकारी निर्देशक र सन लिड ग्रुपकी अध्यक्ष हेन्रिता एच फोर, संयुक्त राष्ट्रसँघकी सहायक महासचिव तथा सन मुभमेन्टकी संयोजक गेर्डा भर्बर्ग र विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख र मन्त्रीहरुले प्रमुख भूमिका निर्वाह गर्नेेछन ।

सन मुभमेन्टको शुरुवाती चरणको सदस्यकै रुपमा सन् २०११ मा सहभागी भएपछि नेपालले कुपोषण घटाउने कार्यमा उल्लेख्य प्रगति हासिल गरेको छ ।

नेपाल सरकारको नेतृत्वमा हुने यो अन्तर्राष्ट्रिय सम्मेलनमा संसारभरका एक हजार भन्दा बढी सहभागीहरुले न्युनपोषण र मोटोपनसहित कुपोषण अन्त्य गर्न विश्वभरि प्रभावकारी भइरहेका प्रयासहरुबारे छलफल गर्नेछन ।

यो सम्मेलनले मानव र पृथ्वीलाई नै सुपोषित गर्ने रुपान्तरणकारी सरकारी प्रतिवद्धताहरुलाई सन् २०२० डिसेम्बरमा हुने ‘वृद्धिका लागि पोषण टोकियो शिखर सम्मेलन’लाई समेत दृष्टिगत गरी छलफल गर्ने अवसर उपलब्ध गराउनेछ ।

आर्थिक र सामाजिक विकासको मुटु नै पोषण हो । असमानता घटाउने र सबैको लागि गरिवी उन्मुलन गर्ने प्रमुख उपाय पनि पोषण नै हो । यी तथ्यका बाबजुद संसारभर मर्ने बालबालिकामध्ये आधा जति कुपोषणका कारण आफ्नो जीवन गुमाउन पुग्छन् ।

कमसल आहार नै मृत्युको प्रमुख कारण हो जसले सुर्ती सेवन, उच्च रक्तचाप वा अन्य स्वास्थ्य समस्याले भन्दा बढी ज्यान लिन्छ ।

नेपालको नेतृत्वमा हुने पोषण बिस्तार अभियानको यो अन्तर्राष्ट्रिय सम्मेलनले पोषणक्षेत्रमा काम गर्ने प्रमुख सरोकारवालाहरुलाई एक ठाउँमा ल्याई सबै प्रकारका कुपोषणलाई इतिहासमा सिमित गर्दै दीगो विकास लक्ष्य प्राप्तितर्फ उन्मुख गराउन महत्वपूर्ण योगदान गर्नेछ ।

२०७६ असोज २८ गते प्रकाशित

वि.सं.२०७६ असोज २८ मंगलवार १७:५२ मा प्रकाशित

You can share this post!

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...