२०७६ कात्तिक ०१ गते प्रकाशित
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले नेपालमा १० अर्व वैदेशिक लगानी वार्षिक रुपमा भित्र्याउन लागिपर्ने प्रतिवद्धता व्यक्त गुर्नभएको छ ।
नवनिर्वाचित अध्यक्ष पन्तले दक्ष कामदार मात्रै विदेश पठाउने सरकारको अभियानमा सक्दो सहयोग गर्ने पनि बताउनुभयो । उहाँले एनआरएनएको नेतृत्वको चयनका लागि घरघरबाटै मतदान गर्ने व्यवस्था गर्ने घोषणा पनि गर्नुभयो ।
एनआरएनएका सदस्यहरुको हितका लागि ’श्रमिक कल्याणकारी कोष’ लाई तेब्बर बनाउने पनि उहाँको योजना छ । शुक्रबार अध्यक्ष पदमा निर्वाचित भएपछि उहाँले संचारकर्मीमाझ एनआरएनएलाई राजनीतिबाट मुक्त गराउन लागिपर्ने पनि बताउनुभयो ।
पन्तले निर्वाचनका बेला आफूले निःशुल्क सदस्यता वितरण गर्ने प्रतिवद्धता गरेको उल्लेख गर्दै त्यसलाई पूरा गर्ने अठोट पनि गर्नुभयो ।
वि.सं.२०७६ कात्तिक १ शुक्रवार १५:५८ मा प्रकाशित