back
NMB ad

राष्ट्र बैंकको नयाँ गभर्नरका लागि दौडधुप सुरु, आधा दर्जनको लालसा !

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंक नयाँ गभर्नरको लागि दौडधुप सुरु भईसकेको छ । राष्ट्र बैंकका गभर्नर डां. चीरञ्जीवी नेपालले यस वर्ष अवकाश पाउँदैछन्। उनले अवकाश पाउन पाँच महिना बाँकी छदै नयाँ गभर्नरको लागी दौडधुप भने सुरु भइसकेको स्रोतले बतायो ।

राष्ट्र बैंकको गभर्नर अर्थमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्ति गर्नुपर्छ । स्रोतका अनुसार गर्भनरका लागि अहिले नै आधा दर्जन आकांक्षी देखा परेका छन ।

डा. नेपाल, नेपाल राष्ट्र बैंकका १६ औं गभर्नर हुन । उनी ४ वर्षअघि नियुक्त भएका थिए । प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले उनलाई गभर्नर नियुक्त गरेको थियो । नेपालको कार्यकाल आगामी चैतमा सकिँदैछ ।

राष्ट्र बैंक सञ्चालक समितिको अध्यक्ष गभर्नर नै रहन्छ भने उक्त समितिको सदस्य अर्थमन्त्रालयका सचिव हुने व्यवस्था छ । वरीयतामा गभर्नर नेपाल सरकारको सचिवभन्दा माथि हुने व्यवस्था रहेको छ । गभर्नरका लागि आंकाक्षा राख्ने पहिलो नम्बरमा वर्तमान डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी छन ।

०४४ मा राष्ट्र बैंकको प्रमुख सहायक पदबाट करियर सुरु गरेका सिवाकोटी १९ फागुन ०७२ मा डेपुटी गभर्नर बनेका थिए । ०७२ भदौमा कार्यकारी निर्देशकमा बढुवा भएका उनलाई सरकारले डेपुटी गभर्नरमा नियुक्त गरेको थियो । उनले वित्तीय व्यवस्थापनमा स्नातकोत्तर गरेका छन ।

गभर्नरका अर्का आकांक्षी हुन, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी । ३० वर्ष राष्ट्र बैंकमा काम गरेको अनुभवी अधिकारी राष्ट्र बैंककै पूर्वडेपुटी गभर्नर हुन ।

उनी राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाशप्राप्त भास्करमणि ज्ञवाली पनि गभर्नरको दाबेदारका रूपमा छन । उनले आफू गभर्नरको दाबेदार भए पनि राजनीतिक लबिङ भने नगरेको बताए ।

यीबाहेक अन्य अनुहारले पनि गभर्नर हुने लालसा देखाएका छन । राष्ट्र बैंक सञ्चालक समिति सदस्य सुवोध कुमार कर्ण, नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारीले समेत आकांक्षा राखेको चर्चा बैंक तथा वित्तीय क्षेत्रमा छ ।

२०७६ कात्तिक ०६ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ६ बुधवार ११:३० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...