back
NMB ad

यी हुन् धितोपत्र बोर्डको अध्यक्ष पदका आकांक्षी, कस्को सम्भावना कति ?

Kumari bank ad

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट गर्नका लागि तीन सदस्यीय छनोट समिति गठन गरेको छ । मन्त्रालयले राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिमा राजस्व सचिव शिशिर ढुंगाना र नेपाल चाटर्ड एकाउटेन्ट एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद आचार्य पनि छन । छनोट समितिले आवेदन आह्वान गर्ने कार्यक्रम छ ।

समितिले इच्छुक उम्मेवारसँग अन्तर्वार्ता र प्रस्तुतिका आधारमा तीन जनाको नाम सिफारिस गर्नेछ । नामको त्यो सूचीलाई अर्थमन्त्रीले मन्त्रिपरिषद् वैठकमा लानेछन। त्यसैका आधारमा मन्त्रिपरिषद्ले एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।

बोर्ड अध्यक्ष डा. रेवतबहादुर कार्कीको चार वर्षे कार्यकाल सकिएपछि असोज मसान्तयता बोर्डको अध्यक्ष पद खाली छ ।बोर्डको अध्यक्ष पदका लागि बोर्डकै कार्यकारी निर्देशकहरु परिष्ठनाथ पोडेल र निरज गिरी, निमित्त कार्यकारी निर्देशक नवराज अधिकारी तथा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले आकांक्षा राखेका छन ।

२०७६ कात्तिक २१ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २१ बिहीवार १०:२४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...