काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ज्योति लााइफ इन्स्योरेन्सले २६ करोड ४२ लाख रुपैयाँ खुद बीमा शुल्क उठाएको छ ।
बीमा कम्पनीले बीमा शुल्क संकलनलाई ११९.७६ प्रतिशतले बढाएको हो । इन्स्योरेन्सले गत आर्थिक वर्षको यसै अवधिमा १२ करोड २ लाख रुपैयाँ मात्रै खुद बीमा शुल्क संकलन गरेको थियो ।
ज्योती लाइफ ६६ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशनको तयारीमा रहेको छ । एक अर्ब ५४ करोड रुपैयाँ चुक्तापूँची रहेको इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७६ पैसा र प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ ८९ पैसा रहेको छ ।
२०७६ मंसिर ०२ गते प्रकाशित
वि.सं.२०७६ मंसिर २ सोमवार १३:५५ मा प्रकाशित