back
NMB ad

कार्यान्वयनमा आउँदै ट्याक्सीको नयाँ मापदण्ड, के-के छ मापदण्डमा ?

Kumari bank ad

काठमाडौं । गुणस्तरीय सेवा सुनिश्चित गर्ने भन्दै सरकारले बनाएको ट्याक्सीको नयाँ मापदण्ड चाँडै कार्यान्वयनमा आउने भएको छ । नयाँ मापदण्डअनुसार अब १२ सय सीसीभन्दा कम क्षमताका ट्याक्सी चलाउन पाइने छैन ।

यातायात व्यवस्था विभागले परम्परागत खालका ट्याक्सीलाई क्रमैसँग विस्थापन गर्ने योजनाका साथ न्यूनतम १२ सय सीसीलाई मात्रै अनुमति दिने प्रावधान प्रस्ताव गरेको थियो । सोही प्रस्तावअनुसार मापदण्ड स्वीकृत गर्ने तयारी रहेको विभाग स्रोतले बतायो ।

मापदण्डमा के-के छ ?

सुरुआतमा विभागले ट्याक्सीलाई तीन प्रकारमा वर्गीकरण गरेर दर्ता गर्ने प्रस्ताव गरेको थियो । तर, यसपटक ट्याक्सीको मापदण्ड तोक्दा कुनै खालको वर्गीकरण नगरिने विभागका एक उच्च अधिकारीले बताए ।

‘भोलि आवश्यकता भयो भने नर्मल, डिलक्स र सुपर डिलक्स गरेर तोक्न सकिएला,’ ती अधिकारीले भने, ‘तर, अहिले तोकिँदैन ।’

मापदण्डअनुसार अब पहिलेभन्दा ठूला क्षमताका सवारीलाई मात्रै ट्याक्सीका रुपमा प्रयोग गर्न सकिने छ । विभागका अधिकारी भन्छन, ‘कमजोर क्षमता र सुविधाका गाडीलाई ट्याक्सी बनाउन अब पाइँदैन ’

अबका ट्याक्सीमा सुरक्षा फिचर्स अनिवार्य गरिनेछन् । यस्तै ट्याक्सीभित्रै विभिन्न स्मार्ट प्रणाली र प्रविधिहरु पनि अनिवार्य गर्न लागिएको छ ।

हाल सञ्चालनमा रहेका ट्याक्सीमा कुनै आधुनिक फिचर्स छैनन् । अब नयाँ मापदण्डअनुसार ट्याक्सीहरुमा अनिवार्य रुपमा विदेशमा जस्तै नेभिगेसनसहितका स्मार्ट प्रविधि जडान गर्नुपर्ने हुन्छ ।यस्तै ट्याक्सीमा गाडीभित्र हुनैपर्ने विभिन्न न्यूनतम खालका उपयोगी फिचर्सलाई पनि जोड दिइनेछ ।

२०७६ मंसिर ०२ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २ सोमवार १६:३१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...