काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलानको कार्य सम्पन्न नभएसम्म करारमा शिक्षक नियुक्ति र जिल्लान्तर सरुवामा रोक लगाएको छ ।
केन्द्रले यसअघि कार्तिक २४ गते पनि यस्तै सूचना जारी गरेको भएपनि जिल्लाहरुबाट यस विषयमा द्विविधा व्यक्त भएपछि पुनः सूचना जारी गरेको हो ।
अब शिक्षक दरबन्दी मिलान सम्पन्न नभएसम्म सबै तहको स्वीकृत शिक्षक दरबन्दी र राहत अनुदान कोटामा करारमा शिक्षक नियुक्ति र जिल्लान्तर सरुवा रोक्का भएको छ ।
२०७६ मंसिर १५ गते प्रकाशित
वि.सं.२०७६ मंसिर १५ आइतवार १६:२५ मा प्रकाशित