back
NMB ad

आइतवार सार्वजनिक विदा

Kumari bank ad

काठमाडौं । आइतवार अर्थात मंसिर २९ गतेका दिन सार्वजनिक विदा दिइएको छ । एक सूचना निकाल्दै किराँत सिरिजंगा लिपीका पुर्नउत्थानकर्ता सिरिजंघा सिन थेवेको जन्म जयन्तिको अवसरमा सिरिजंघा गाउँपालिकाले आइतबार सार्वजनिक विदा दिएको हो ।

थेवे इसापूर्व १७०४ मंसिर २९ गते तत्कालिन तेल्लोक गाविसमा जन्मिएका थिए । सो स्थान हाल सिरिजंगा गाउँपालिका ४ मा पर्छ । मंसिर २ गते बसेको कार्यपालिकाको बैठकले हरेक वर्ष मंसिर २९ गते सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष टिकाराम गुरुङले जानकारी दिए ।

’हाम्रै गाउँपालिकामा जन्मिनुभएका उहाँले किराँत धर्म, भाषा र साहित्यको उत्थानमा योगदान गर्नुभएको थियो, गुरुङले भने, ’ सम्मानस्वरुप स्थानीय तहको नाम नै सिरिजंगा राखिएको हो र यस वर्षदेखि विदा समेत दिन थालेका छौं ।’

भाषा र लिपीको प्रचार गरेको भन्दै तत्कालिन शासकले थेवेको हत्या गरेको थियो । ऐतिहाँसिक व्यक्तित्वको जन्मजयन्तिमा स्थानीय तहले विदा दिनु सकरात्मक भएको किराँत धर्म तथा साहित्य उत्थान संघ ताप्लेजुङका सचिव ज्ञानु लिम्बुले प्रतिक्रिया दिए ।

२०७६ मंसिर २७ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २७ शुक्रवार १५:५९ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...