back
NMB ad

लक्ष्मी बैंकका सिइओले बुझे एक करोड २३ लाख रुपैयाँ तलब भत्ता

Kumari bank ad

काठमाडौं । लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृतहरुले एक करोड २३ लाख रुपैयाँ तलब भत्ता बुझेका छन । यो तलब सुविधा यस अगाडिका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिंग र हालका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले बुझेका हुन् ।

खालिंग २०७५ कात्तिक १५ देखि बाहिरिएका थिए खालिंग बाहिरिए सँगै डेपुटी सिइओ शाहलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको थियो ।

तलब भत्ता बाहेक प्रमुख कार्यकारी अधिकृतले ४५ लाख एक हजार रुपैयाँको सुविधा लिएका हुन्। तलब भत्ता र अन्य सुविधा सहित प्रमुख कार्यकारी अधिकृतले एक करोड ६८ लाख रुपैयाँ बुझेका हुन् ।

त्यस्तै अन्य उच्च तहका प्रबन्धकहरुले तलब भत्ता बापत चार करोड ९७ लाख रुपैयाँ बुझेका छन्। गत आर्थिक वर्षमा ७७ करोड ७१ लाख रुपैयाँ कर्मचारी खर्च सहित कुल व्यवस्थापन खर्च एक करोड ३० लाख रुपैयाँ भएको छ । सञ्चालक समितिले बैठक भत्ता बापत ७ लाख १६ हजार रुपैयाँ बुझेका छन ।

बैंकले आइतबार सम्पन्न गरेको १९ औ वार्षिक साधारणसभाले शेयरधनीहरुका लागि भने ५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर पारित गरेको छ ।

शेयरधनीहरुले ४४ करोड ६० लाख रुपैयाँको नगद र ८९ करोड २० लाख रुपैयाँको बोनस शेयर प्राप्त गरेका हुन् । बैंकले गत आर्थिक वर्षमा कर पछिको खुद नाफा एक अर्ब ५९ करोड रुपैयाँ आर्जन गरेको थियो ।

२०७६ पुस ०६ गते प्रकाशित

वि.सं.२०७६ पुस ६ आइतवार १५:५३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...