back
NMB ad

नेपालमा आयो पार्टी बस : अब बसभित्रै पार्टी गर्न पाइने ! के-के छन सुविधा ?

Kumari bank ad

काठमाडौं । अब पार्टी गर्नकै लागि डिस्को, बार र क्लब धाउनु पर्ने बाध्यता हट्ने भएको छ । यसका लागि ‘पार्टी बस नेपाल’ तपाईँको उचित गन्तव्य बन्न सक्छ ।

पश्चिमी बजारमा बसभित्रै पार्टी गर्न मिल्ने परम्परा लोकप्रिय भइसकेको भए पनि नेपालमा भने यो नयाँ अभ्यास हो ।

पार्टी बस के हो ?

कम्पनीका अनुसार पार्टी बस नेपाल ‘सिटी टुर’को अवधारणामा विकसित भएको नयाँ अभ्यास हो । यसले गुणस्तरीय सेवासँगै आरामदायी र तनावमुक्त वातावरण तय गर्छ ।

यो बसको डिजाइन पनि भिन्नै खालको छ । के-के छन् त ?

आरामदायी आन्तरिक बनावट,
हाई–फाई डीजे म्युजिक सिस्टम,
बार र छुट्टै धुम्रपान क्षेत्र,
डान्स फ्लोर,
पोल डान्स सुविधा,
एसी,मोबाइल चार्ज गर्ने सुविधा आदि

पार्टी बस नेपालले अहिले चार वटा सेवालाई प्राथमिकतामा राखेको छः हप अन पार्टी राइड (साँझ राति), एअरपोर्ट पिकअप र ड्रप, व्यक्तिगत इभेन्ट र विशेष थेम पार्टी ।

हप अन पार्टी स् हप अन पार्टी राइडको प्रतिव्यक्ति १ हजार रुपैयाँ निर्धारण गरेको छ। प्राइभेट पार्टी स् ३ घण्टाको ३ हजार ५ सय रुपैयाँ र त्यसपछि प्रत्येक घण्टा १ हजार रुपैयाँ, ६ घण्टाको ५ हजार ५ सय रुपैयाँ र त्यसपछि प्रतिघण्टा १ हजार रुपैयाँ, १२ घण्टाको प्राइभेट पार्टीको लागि ८ हजार ५ सय रुपैयाँ र त्यसपछि प्रतिघण्टा १ हजार रुपैयाँ ।

एअरपोर्ट पिकअप र ड्रप स् एकतर्फीको २ हजार रुपैयाँ र ल्याउने र र्पुयाउनको लागि ३ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ।

स्पेसल थिम स् यो पनि हप अन शैलीको पार्टी राइड हो जसमा प्रतिव्यक्ति १ हजार रुपैयाँ तोकेको छ । तर यसका लागि भने केही हप्ता कुर्नुपर्नेछ । यो बसको सञ्चालन सन् २०२० को जनवरी १० मा हुने कम्पनीको वेबसाइटमा बताइएको छ ।

२०७६ पुस १० गते प्रकाशित

वि.सं.२०७६ पुस १० बिहीवार १४:२६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...