back
NMB ad

हिजो १६ ले बढेको नेप्से आज १८ अंकले वृद्धि

Kumari bank ad

काठमाडौं । पुँजी बजार मापक नेप्से दुई दिनदेखि निरन्तर उकालोको यात्रामा छ । हिजो १६.०९ अंकले बढेको नेप्से आज (सोमबार) १८.२६ अंकले उकालो लागेको छ ।

आज माइक्रोफाइनान्स समूहको सूचक सबैभन्दा बढी ३३.९८ अंकले बढ्न पुग्यो। साथै, बैंकिङ समूहको सूचक पनि २५.८६ अंकले उकालो लाग्यो । यसैगरी, जीवन बिमा कम्पनी समूहको सूचक पनि १२.१३ अंकले बढ्न पुग्यो। नेप्से बढेर १२००.६९अंकमा पुगेको छ ।

उक्त दिन कुल १२ समूह मध्ये ११ समूहको सूचक बढेको छ भने एक समूहको सूचक घट्न पुग्यो। उक्त दिन ट्रेडिङ कम्पनी समूहको सूचक भने १२.२० अंकले घट्न पुगेको छ।

उक्त दिन अघिल्लो दिन भन्दा बढी रकमको कारोबार भएको छ । आइतबार ७१ करोड २४ लाख २५ हजार रकम बराबरको सेयर कारोबार भएकोमा आज ८४ करोड २५ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हुन पुग्यो ।

उक्त दिन एनआइसी एसिया बैंकको सेयर सबैभन्दा बढी ८ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दोस्रो बढी रकमको कारोबार नेको इन्स्योरेन्सको सेयर भएको छ ।

उक्त इन्स्योरेन्सको ३ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। तेस्रो बढी कारोबार हुनेमा शिवम् सिमेन्टको सेयर रहेको छ। उक्त सिमेन्टको ३ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

२०७६ पुस २१ गते प्रकाशित

वि.सं.२०७६ पुस २१ सोमवार १५:१९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...