back
NMB ad

एक आपसमा गाभिँदै डेढ दर्जन लघुवित्त संस्थाहरु, यी हुन् जोडी (सूचिसहित)

Kumari bank ad

काठमाडौँ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको मर्जरको कार्य तिब्र गतिमा अघि बढिरहेको छ । बैंक तथा वित्तीय संस्थाहरुको संख्या बढी भएपछि नेपाल राष्ट्र बैंकले संख्या घटाउन मर्जर तथा एक्विजिसनको नीति अघि सारेको हो ।

सोही नीति अनुसार बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा एक्विजिसन तिब्र रुपमा अगाडी बढेको हो । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार यतिबेला संचालनमा रहेका विभिन्न १७ वटा लघुवित्त संस्थाहरु मर्जर प्रक्रियामा सामेल हुँदैछन् ।

धौलागिरी र आँधीखोला लघुवित्त वित्तीय संंस्था मर्जर भएर धौलागिरी आँधीखोला लघुवित्त वित्तीय संस्थाको रुपमा कारोबार गर्ने भएको छ ।

त्यस्तै, मर्जर प्रक्रियामा सामेल हुन लागेका लघुवित्त संस्थाहरुमा मिर्मिरे र स्वेडा लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्ध र नेपाल एग्रो लघुवित्त, जीवन विकास, सोल्भा र गरिबी न्युनिकरण लघुवित्त वित्तीय संस्थालगायतका लघुवित्त संस्थाहरु मर्जरमा जाने प्रक्रियामा रहेको राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले बताए ।

त्यस्तै, राष्ट्र बैंकका अनुसार उन्नति माइक्रो फाइनान्स र सहकार्य लघुवित्त वित्तिय संस्था, सूर्योदय र त्रिलोक लघुवित्त वित्तीय संस्था र चौतारी तथा आरम्भ लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर हुन लागेका छन् । लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले मर्जर तथा एक्विजिसनका लागि लघुवित्त संस्थाहरु सकारात्मक रहेको कारण मर्जरका लागि सहयोगी भूमिका खेल्ने बताए ।

मर्जर तथा एक्विजिसनले लघुवित्त संस्थाहरुमा रहेको डुब्लिकेशन (दोहोरो सदस्यता) को समस्या पनि केही हदसम्म समाधान हुने अध्यक्ष लम्सालको भनाई छ । राष्ट्र बैंकका अनुसार हाल ८९ ओटा लघुवित्त वित्तीय संस्थाहरु संचालनमा छन् ।

२०७६ माघ ०१ गते प्रकाशित

वि.सं.२०७६ माघ १ बुधवार ०८:४६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...