back
NMB ad

माथिल्लो तामाकोसी जलविद्युत आयोजना लक्ष्य नजिक, ९९ प्रतिशत निर्माण पूरा

Kumari bank ad

काठमाडौं । दोलखाको विगु गाउँपालिका–१ लामाबगरमा निर्माणाधीन स्वदेशी लगानीको सबैभन्दा ठूलो ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना लक्ष्य नजिक पुगेको छ ।

२०६८ सालबाट निर्माण सुरु गरिएको राष्ट्रिय गौरबको आयोजनाले लक्ष्य भेट्न अब एक प्रतिशत मात्र बाँकी अन्नपूर्ण दैनिकमा समाचार प्रकाशित छ

भूमिगत विद्युत् गृहमा गरिएको सुक्खा परीक्षण सफल भइसकेको छ । वैशाखमा बाँध, बाँधमा जडान गरिएका स्टपलग, डिस्यान्डर बेसिनलगायत परीक्षण गर्ने कार्यतालिका रहेको आयोजना प्रमुख दिनेशजंग राणाले जानकारी दिए ।

‘प्रसारणलाइन निर्माण कार्य ९९ दशमलव ३ प्रतिशत सम्पन्न भइसकेको छ’, उनले भने, ‘रामेछापको फुलासीमा निर्माणाधीन रहेको सबस्टेसनमा हाल ट्रान्सफर्मरलगायत मेसिन जडान भइरहेका छन ।’

२०७७ को असार मसान्तभित्र परीक्षण उत्पादन गर्ने लक्ष्य भेट्न अब केही पेनस्टक पाइप जडानबाहेक विभिन्न परीक्षण सफल भइसकेका छन् ।

सुङमा जडान गरिएका पेनस्टकको परीक्षण सफल भएमा ६ वटा युनिटमध्ये एक युनिटबाट असार मसान्तसम्ममा परीक्षण उत्पादन सुरु गरिने आयोजना प्रमुख राणाले जानकारी दिए । उनका अनुसार अहिले विद्युत् गृहमा इलेक्ट्रोमेकानिकलको कार्य करिब सम्पन्न भइसकेको छ ।

आयोजनाको कठिन काममध्ये तल्लो ठाडो सुरुङ तथा माथिल्लो ठाडो सुरुङमा पेनस्टक जडानमा ढिलाइ हुँदा यसअघि निर्धारित गरिएको उत्पादन लक्ष्य कार्यतालिका भन्दा केही पर धकेलिन पुगेको आयोजना प्रमुख राणाले बताए।

२०७६ असार १ बाट तल्लो ठाडो सुरुङमा तथा असार १० माथिल्लो ठाडो सुरुङमा पेनस्टक जडान गरिएको थियो। ७ महिनाको अवधिमा दुवै सुरुङमा गरी तीन सय मिटर मात्र पेनस्टक जडान सम्पन्न भएकाले विद्युत् उत्पादन कार्यतालिका आंशिक फेरबदल भएको आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेले बताए। ‘तर हामी असारमा एउटा युनिटबाट परीक्षण उत्पादन गर्न तत्पर रहेका छौं’, उनले भने। ३७३ मिटरको तल्लो ठाडो सुरुङमा शनिबारसम्ममा दुईसय मिटर र ३१० मिटरको माथिल्लो ठाडो सुरुङमा एक सय मिटर पेनस्टक पाइप जडान भएको छ ।

लट–२ को हाइड्रोमेकानिकल तर्फको भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले काममा ढिलाइ गरेपछि तल्लो ठाडोे सुरुङमा पेनस्टक जडानको काम एन्ड्रिज हाइड्रोलाई दिइएको थियो । उसले चैत मसान्तभित्र जडान गरिसक्ने कार्यतालिका छ ।

हालसम्म करिब ४८ अर्ब रुपैयाँ खर्च भइसकेको आयोजनामा डलरको सटही दर वृद्धि, ऋणको ब्याज, नाकाबन्दी र प्रशासनिक खर्चसहित आयोजना सम्पन्न हुन ७२ अर्बभन्दा बढी खर्च हुने आयोजना प्रमुख राणाको अनुमान छ ।

२०७६ माघ १३ गते प्रकाशित

वि.सं.२०७६ माघ १३ सोमवार १०:०५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...