back
NMB ad

देशभर भर्ना अभियान सुरु

Kumari bank ad

भक्तपुर । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले यस वर्षको विद्यार्थी भर्ना अभियान देशभर एकैसाथ सुरु गरेको छ ।

यही वैशाख २ गतेदेखि अभियान सुरु गर्ने भनिए पनि त्यस दिन शनिबार परेकाले आजदेखि देशभर भर्ना अभियान सुरु भएको हो । विद्यालय बाहिर रहेका प्राथमिक उमेर समूहका ५ देखि ९ वर्षका ३।१ प्रतिशत बालबालिका र आधारभूत तह कक्षा १ देखि ८ सम्मका ५ वर्षदेखि १२ वर्ष उमेर समूहका ९ प्रतिशत बालबालिकालाई विद्यालय ल्याउन अभियान सञ्चालन गरिएको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिए ।

विभागले विद्यार्थी भर्ना, विद्यालय स्वागत तथा विद्यार्थी र सिकाइ उपलब्धि सुधार गर्ने लक्ष्यका साथ यस वर्षको अभियान सुरु गरेको छ । महानिर्देशक पौडेलले २०७३ सालमा प्राथमिक उमेर समूह ५ वर्षदेखि ९ वर्षका विद्यार्थीको खुद भर्ना दर राष्ट्रिय औसत ९६।९ प्रतिशत रहेको र आधारभूत तह कक्षा १ देखि ८ सम्मको ५ वर्षदेखि १२ वर्ष उमेर समूहको खुद भर्ना दर राष्ट्रिय औसत ९१ प्रतिशत रहेकोे बताए । विद्यालय बाहिर रहेका बालबालिकाको खोजी गरी उनीहरुलाई विद्यालयमा ल्याउन र विद्यालयमा टिकाइराख्न भर्ना सुरु भएको हो ।

शिक्षा विभागका उपनिर्देशक एवम् अनिवार्य शिक्षा तथा बाल अधिकार शाखाका प्रमुख नरहरि अर्यालले जुम्ला, हुम्ला, डोल्पा, मनाङ र मुस्ताङमा भने गत फागुन १ गतेदेखि नै भर्ना अभियान सुरु भए पनि अन्य ७० जिल्लामा भने आजदेखि सुरु भएको बताए ।

भर्ना भएका बालबालिकालाई विद्यालयमा टिकाइराख्न सरकारले निःशुल्क पाठ्यपुस्तक र छात्रवृत्ति वितरण, अभिभावक शिक्षा अभियान, वैकल्पिक सिकाइ केन्द्र, दिवा खाजा, अनौपचारिक प्राथमिक शिक्षा, वैकल्पिक शिक्षा र प्राथमिक बाल शिक्षा कार्यक्रम जस्ता कार्यक्रम सञ्चालनमा ल्याइएको उनको भनाइ छ । रासस

प्रकाशित मितिः २०७४ बैशाख ३

वि.सं.२०७४ वैशाख ३ आइतवार १२:२५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...