back
NMB ad

संविधान संशोधनभन्दा कार्यान्वयनमा ध्यान दिनुपर्छ : अधिकारी

Kumari bank ad

काठमाडौ । नेकपा एमालेका नेता भरतमोहन अधिकारीले संविधान संशोधनभन्दापनि कार्यान्वयनतर्फ लाग्नुपर्ने स्पष्ट पारेका छन् ।
मंगलबार प्रतिभा जाति नागरिक समाज नेपालले प्रकाशित गरेको ‘प्रतिभा सन्देश’ नामक स्मारिकाको रिपोर्टर्स क्लब नेपालमा विमोचन गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता अधिकारीले भने,‘संविधान संशोधन भन्दापनि यसको कार्यान्वयनको लागि सबैले ध्यान दिनुपर्छ, कार्यान्वयन विनाको यो बहस अनावाश्यक हुन्छ ।’ उनले निर्धारित समयमै चुनाव गर्नुको विकल्प नभएको समेत जिकिर गरे ।
उनले मुलुक अहिले संक्रमणकालिन अवस्थामा रहेकोले संविधान संशोधनभन्दा बढि कार्यान्वयनमा जोड दिनुपर्ने जिकिर गरेका हुन् । अधिकारीले थपे,‘संशोधनको लागि विभिन्न कानुन तथा ऐनहरु बनाउनतिर लाग्दा संविधान नै असफल बनाउने तत्वहरुले फाईदा लिन सक्ने संभावना देखियो, यसबाट शर्तक रहनुपर्छ ।’
अधिकारीले मुलुक आर्थिक समृद्धितर्फ अघि बढेमात्रै सबै खाले विभेद तथा असमानताहरु हट्ने विश्वास व्यक्त गरे ।
प्रकाशित मितिः २०७३ असोज ११

वि.सं.२०७३ असोज ११ मंगलवार २०:२९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...