back
NMB ad

प्रधानमन्त्री कप क्रिकेटः त्रिभुवन आर्मी र नेपाल पुलिसबीच भिडन्त हुने

Kumari bank ad

काठमाडौँ। प्रथम प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्ने भएका छन् ।

कीर्तिपुरस्थित त्रिवी मैदानमा भोलि हुने अन्तिम खेलमा दुबै टोली विजय लक्ष्यका साथ प्रतिस्पर्धामा उत्रने छन् । त्रिभुवन आर्मी क्लबले सेमिफाइनल खेलमा मध्यमाञ्चल विकास क्षेत्रलाई चार विकेटले पराजित गर्दै फाइनलमा आफनो स्थान सुरक्षित गरेको थियो ।

त्यस्तै नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । मुलुकको सर्वाधिक पुरस्कार राशि भएको जारी उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लब अपराजित छ ।
समूहचरणको खेलमा तीन खेल खेलेको आर्मीले तीन खेलमा नै जित हासिल गरेको थियो । पहिलो खेल पूर्वाञ्चल विकास क्षेत्रलाई– ९ विकेटले पराजित गर्दै आर्मीले विजयी भएको थियो ।
त्यसैगरी आर्मीले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई आठ विकेट र नेपाल पुलिस क्लबलाई सात विकेटले पराजित गरेको थियो ।

यता समूह चरणको खेलमा समान तीन खेल नै खेलेको नेपाल पुलिस क्लबले दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको थियो ।

पुलिसले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई सात विकेट र पूर्वाञ्चल विकास क्षेत्रलाई नौ विकेटले पराजित गरेका थिए । त्यस्तै क्लबले आर्मीसँग भने पराजित भएको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेपले) आयोजना गरेको उक्त प्रतियोगिताको विजेता टोलीले रु २० लाख प्राप्त गर्नेछ भने उपविजेताले रु १० लाख प्राप्त गर्नेछन् । उक्त फाइनल खेल भोलि बिहान ९ः०० बजेदेखि कीर्तिपुरस्थित त्रिवी मैदानमा सुरु हुनेछ ।

प्रकाशित मितिः २०७४ जेठ २४

वि.सं.२०७४ जेठ २४ बुधवार १६:२४ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...