back
NMB ad

नियमित पठनपाठनका लागि तालाबन्दी !

Kumari bank ad

दैलेख । दुल्लु नगरपालिका १३ मालिकास्थित देवी माविमा शैक्षिक सत्र सुरु भएको तीन महिना बित्दासमेत गणित विषयको पढाइ नभएको भन्दै विद्यार्थीले ताला लगाएका छन् । गणित विषयकी शिक्षिका पार्वती शर्मा शैक्षिक सत्र सुरु भएदेखि विद्यालयमा उपस्थित नभएको भन्दै विद्यार्थी विरोधमा उत्रेका हुन् ।

एकै विद्यालय दुई ठाउँबाट सञ्चालन गर्न थालेपछि पठनपाठनमा समस्या आएको हो । शिक्षिका शर्माले ४ वर्षअघि विनायकमा पढाउने गरी नियुक्ति लिएकी थिइन् । नियुक्तिको केही समयपछि स्थानीयले हाडेआवतमा पढाउन अनुरोध गरेका थिए ।

सदरमुकामनजिक पर्ने भन्दै फेरि विनायकमा पढाउन थालेपछि यस्तो समस्या आएको विद्यालय स्रोतले जनाएको छ । यसअघि विनायकमा गणित पढाइरहेका शिक्षक रणदीप विश्वकर्माले हाडेआवत जान नमानेपछि अर्को समस्या भएको हो ।

नियुक्तिमा देवी मावि विनायक तोकिएको भन्दै शर्माले क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्ला शिक्षाबाट पत्र लिएर विनायकमा पढाउन थालेका हुन् । ०१४ मा स्थापना भएको विद्यालय सुरुमा हाडेआवतमा सञ्चालन भएको थियो । ०४८ पछि विनायकमा पनि सञ्चालन हुँदै आएको छ । हाडेआवतमा विद्यार्थी चाप बढेपछि कक्षा १० सम्म पढाउन जिल्ला शिक्षाले ०६७ मा अनुमति दिएको थियो । हाडेआवतमा ६ सय र विनायकमा १२ कक्षासम्म २ सय ५० विद्यार्थी अध्ययनरत छन् ।

प्रधानाध्यापक नारायणप्रसाद शर्मालाई विनायकमा र हरिप्रसाद भट्टराईलाई हाडआवतमा सहायक प्रधानाध्यापकको जिम्मेवारी तोकिएको छ । एकै विद्यालयको दुई स्थानबाट सञ्चालन गर्दा समस्या हुने गरेको प्रअ शर्माले बताए । जेठ २१ गते विनायक पुगेर प्रअ शर्मालाई ज्ञापनपत्र दिए पनि बेवास्ता भएकाले तालाबन्दी गर्नु परेको विद्यार्थी खगेन्द्र शाहीले बताए । शिक्षकको व्यवस्था नगरिएसम्म ताला नखोल्ने उनको भनाइ छ । कान्तिपुर दैनिकबाट

प्रकाशित मितिः २०७४ जेठ २८

वि.सं.२०७४ जेठ २८ आइतवार १३:५७ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...