back
NMB ad

अब एक लगानीकर्ता एक डिम्याट खाता ! धेरै हुँदा के हुन्छ ? जान्नुहोस्

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारलाई व्यवस्थित गर्न एक लगानीकर्ता एक डिम्याट (हितग्राही) खाताको अवधारणालाई अघि बढाएको छ । एउटै व्यक्तिको धेरै खाता हुँदा दुरुपयोग हुने गुनासो आएपछि बोर्डले एक व्यक्ति एक डिम्याट खाताको अबधारणालाई अधि बढाएको हो ।

एक व्यक्ति एक खाताको व्यवस्थालाई कार्यान्वयनमा ल्याएर कडाइका साथ लागू गर्ने वा अन्य कुनै विकल्प खोज्ने भन्ने विषमा छलफल भइरहेको नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी बताउँछन् । ‘एक लगानीकर्ता एक हितग्राही खातालाई कसरी कार्यान्वयनमा ल्याउने भन्ने विषयमा सम्बद्ध सरोकारवालासँग छलफल भइरहको छ,’ उनले भने, ‘पहिलो चरणमा मर्चेण्ट बैंकर र सीडएस एण्ड क्लियरिङसँगको छलफल सकियो ।’ सेयर बजारमा हुने लगानी र लगानीकर्ताको वास्तविक पहिचालनका लागि पनि एक व्यक्ति एक खाताको अबधारणा आवश्यक भएको बोर्डले जनाएको छ ।

एउटै व्यक्तिको धेरै खाता हुँदा हकप्रद सेयरमा आवेदन दिँदा समस्या उत्पन्न हुनुका साथै साधारण सेयर निष्काशनमा पनि एउटै व्यक्तिले २/३ वटा आवेदन दिन सक्ने बोर्डको तर्क छ ।

बोर्डले धितोपत्र सम्बन्धि निर्देशिका परिमार्जन गर्दै प्राकृतिक व्यक्तिले मात्र साधारण सेयरमा आवेदन दिन पाउने र आस्वा प्रणाली अन्तरगत साउन १ गतबाट न्युनतम १० कित्ता सेयर पर्ने ग्यारेन्टी गरेको छ ।

बोर्डले २०७२ साल माघदेखि हितग्राही खाताको व्यवस्था गरेको थियो । २०७३ माघसम्ममा डिम्याट खाता खोल्नेहरुको संख्या ७ लाख ४६ हजार ६ सय ६० पुगेको छ । चालू आर्थिक वर्षको ८ महिनामा मात्र ३ लाख ५४ हजार ३ सय १ जनाले डिम्याट खाता खोलेका छन् ।

प्रकाशित मितिः २०७४ जेठ १९

वि.सं.२०७४ जेठ १९ शुक्रवार १४:४३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...