back
NMB ad

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल एक वर्ष ढिलो हुने

Kumari bank ad

काठमाडौ । अबको आठ महिनाभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल थप एक वर्ष ढिलो हुने भएको छ । विसं २०७४ पुसभित्र निर्माण सक्ने गरी २०७१ माघ १ गतेबाट निर्माण शुरु भएको राष्ट्रिय गौरवको उक्त आयोजना ठेकेदार कम्पनीको लापर्बाहीका कारण एक वर्ष लम्बिने भएको हो । ‘नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप’ नामको चिनियाँ कम्पनी मुख्य ठेकेदार कम्पनी र नेपाली स्थानीय ठेकेदारबीचको विवादले झण्डै आठ महिना विमानस्थल निर्माणको काम अवरुद्ध भएको थियो ।

हालसम्म विमानस्थलको भौतिक प्रगति ३२ प्रतिशत तथा वित्तीय प्रगति २३ प्रतिशत रहेको छ । भौतिकतर्फ बाँकी ६७ प्रतिशत काम गर्ने अब जम्मा आठ महिनाको अवधि छ । निर्माण सामग्रीको सहजता भएमा अबको एक वर्षभित्र विमानस्थल निर्माणको मुख्य काम सकिने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख ओम शर्माले बताए।

विमानस्थल निर्माणका लागि अहिले आवश्यक १० लाख घनमिटर अर्थात् झण्डै ढेड लाख ट्रक माटो चाहिन्छ । चिनियाँ ठेकेदार कम्पनीको लापर्बाहीले विमानस्थल निर्माणमा ढिलाइ भएको भए पनि पछिल्लो समय सोही कम्पनीले प्रभावकारीरुपमा काम अघि बढाएको शर्माले बताए।“चिनियाँ निर्माण कम्पनीको लापर्बाहीले समस्या आएको हो, अहिले काम राम्रो भइरहेको छ कामको कार्यशैली हेरेर बरु केही महिना समयावधि बढाएर भए पनि यही कम्पनीलाई अघि बढाउने योजनामा छौँ”,उनले भने।

चिनियाँ कम्पनीले काममा ढिलाइ गरेपछि बीचमै ठेक्का तोडेर नयाँलाई दिने वा पुरानैलाई चेतावनीसहित सक्रिय गराउने भन्नेमा अन्योल भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुई महिनाअघि चेतावनीयुक्त निर्देशन दिँदै चिनियाँ कम्पनीलाई काम अघि बढाउन भनेको थियो । दुई महिनाको कार्यशैली हेरेर निर्णय लिने जनाएको थियो । दुई महिनाको प्रतिवेदन आइसकेको र पहिलाको भन्दा सन्तोषजनक काम गरेको पाइएकाले अहिलेकै कम्पनीलाई अघि बढाउने मनःस्थितिमा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) रहेको छ ।

व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा क्यानका महानिर्देशक सञ्जिव गौतमले भैरहवा विमानस्थलको काम पछिल्लो समय सन्तोषजनक रहेकाले अझै उसको कामको प्रगति हेरेरमात्रै निर्णयमा पुगिने बताए।समितिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका साथै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य प्रगति सम्बन्धमा पर्यटनमन्त्री, विभागीय प्रमुख र मातहत निकायका प्रमुखसँग छलफल गरेको हो । पर्यटनमन्त्री जितेन्द्र देवले गौतमबुद्ध विमानस्थलको काम सन्तोषजनक नभएको बताए।

विमानस्थलको निर्माण प्रगतिबारे सरोकार भएका सबै निकायसँग चरणबद्ध गम्भीर छलफल भई नीतिगत निर्णय गरेर मन्त्रालयले दुई महिनाको कार्यप्रगति हेर्ने र सन्तोषजनक नभए अन्य विकल्पमा जाने निर्देशन दिइसकेको र उक्त अवधि पनि सकिएकाले अब समीक्षा गरी निर्णयमा पुग्ने उनले बताए।मन्त्री देवले ठेकेदार कम्पनीको लापर्बाहीले राष्ट्रिय गौरवको आयोजना नै अन्योल हुने अवस्था आएकाले अब, निर्माण कम्पनीलाई जनशक्ति तथा उपकरण बढाएर काममा तीव्रता दिन आग्रह गरिने बताए।

पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले ठेकेदारबीच भुक्तानी विवादले निर्माणमा अवरोध आएको र यसको टुंगोका लागि जनशक्ति तथा उपकरण बढाएर काम शुरु भइसकेको जानकारी दिए।चिनिया ठेकेदार कम्पनीका प्रतिनिधि जेरियनले पर्याप्त जनशक्ति र आजारका साथ काम अघि बढाइएको र विद्युत् तथा अन्य निर्माण सामग्रीको सहजता भएको खण्डमा काम प्रभावकारीरुपमा अघि बढ्ने बताए।

विमानस्थल निर्माणको तीन किलोमिटर धावन मार्गमा ग्राभेल भइरहेको छ । माटो, ढुंगा र गिट्टीको सहजीकरण चुनौती बनेको आयोजनाको भनाइ छ । टर्मिनल भवनलगाय अन्य पूर्वाधारको काम धमाधम भइरहेको छ । शुरुमा २७७ र थप ५०० गरी जम्मा ७८७ बिगाहा क्षेत्रफलमा तीन किमीभन्दा लामो धावनमार्ग भएको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ । जसको कूल लागत रु छ अर्ब २२ करोड रहेको छ ।

विमानस्थलको मुख्य चुनौती जग्गा अधिग्रहणको मुआब्जा हो । आयोजनाका अनुसार पाँच बिगाहा जग्गाको करिब रु २३ अर्ब मुआब्जा दिनुपर्ने छ जबकि अहिले रु २५ करोड अर्थात् जम्मा रकमको दुई प्रतिशत मात्र मुआब्जा वितरण गरिएको छ । रुपन्देहीमा निर्माणाधीन सो विमानस्थाल निर्माणबाट ६०० घरपरिवार विस्थापित तथा दुई हजार परिवार प्रभावित भएका छन् ।

समितिको बैठकमा बोल्ने अधिकांश सदस्यले विमानस्थल निर्माण ढिलाइबारे चासो लिँदै चाँडो निर्माणका लागि हालको ठेकेदार कम्पनीलाई नै केही समय दिएर प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। समिति सदस्य एवं नेकपा ९एमाले० का वरिष्ठ नेता माधवकुमार नेपाल, भरतबहादुर खड्का, चूडामणि जंगली, पुष्कर आचार्य, गीता वाग्ले, प्रभा बज्राचार्य, पेम्बा लामा, लालबाबु यादवलगायतले धारणा राखेका थिए।रासस

प्रकाशित मितिः २०७४ असोज २४

वि.सं.२०७४ असोज २४ मंगलवार १०:३६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...