back
NMB ad

फाष्ट ट्रयाक भारतलाई सुम्पन हतार गर्ने प्रचण्ड खबरदार !

Kumari bank ad

काठमाडौ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विष्णु रिमालले दक्षिण सँग सिधै जोड्ने फाष्ट ट्रयाक चढाउन प्रधानमन्त्री पुष्पकमल दाहालले भदौ भित्रै भारतको भ्रमण गर्न चाहिरहेको भन्दै यसबारे खबरदारी गरेका छन् । जिफन्ट बागमती अञ्चल कमिटीद्धारा आयोजित युवा प्रशिक्षण कार्यक्रममा पूर्व प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका रिमालले स्वदेशी पुँजी, प्रबिधि र शिपको प्रयोग गर्दै निर्माण गर्ने भनिएको आयोजना भारतलाई सुम्पन वर्तमान सरकारले हतार गरिरहेको आरोप लगाए । राष्ट्रको हित विपरित बिदेशीसँग गरिने सबै सम्झौतालाई डटेर प्रतिबाद गरिने उनको भनाई थियो । उनले भने,ʽ पूर्व सरकारले बजेटमार्फत र सर्वोच्च अदालतको निर्देशन बमोजिम दक्षिणसित जोड्ने नेपालको बाटो फाष्ट ट्रयाक (निजगढ– काठमाडौ) हामी आफैं बनाउँछौं भन्यौं । त्यसमा लाग्ने पैसा, प्रबिधि, श्रमिक, प्राबिधिक, इन्जिनियर हामी आफैं खोज्छौं । राष्ट्रले ऋण लिएर बनाउने भनेको थियो । यसले जनशक्तिको विकास र बेरोजगारी अन्त्य गर्न सकिन्छ भन्ने थियो ।ʼ  रिमालले भने ।
अहिले सबैभन्दा ठूलो दल कांग्रेस सभापति शेरबहादुर देउवाले नै यो धेरै गाह्रो र नेपालीले बनाउन नसक्ने भन्न थाल्नुभएको भन्दै रिमालले भने, प्रचण्ड भदौ भित्र भारत जान हतारिनुले आशंका जन्मिएको छ ।ʼ

भारतसँग कुनै पनि नयाँ सम्झौता हुनु पूर्व २२÷२५ वर्ष अगाडिको भएको पञ्चेश्वरको डिपिआरभन्दा अगाडि बढ्न नसक्नु, १९ वर्ष अगाडि भएको हुलाकी राजमार्ग सम्झौता ६ सय मिटर भन्दा बढि बन्न नसक्नुबारे प्रश्न राख्न उनले आग्रह गरे । कार्यान्वयन नजाने कुनै पनि सम्झौता नेपाललाई मान्य नहुने उनको भनाई थियो । पूर्व सम्झौता कार्यान्वयनमा गएपछि मात्र नयाँ सम्झौता गर्नसकिने उनको भनाई थियो ।

जिफन्टका महासचिव विष्णु लम्सालले युवा श्रमिकको ज्ञान, शिप र क्षमता विकास गरि न्यायिक ढंगले श्रम क्षेत्रलाई अगाडि बढाईनुपर्ने भनाई राखे । उनले यूवा बिदेशिने क्रमलाई रोक्न र स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयमा आफुहरुले विशेष ध्यान केन्द्रित गरेको बताएका थिए ।

कार्यक्रममा कानुनविद् एवं महासंघका सचिव रमेश बडालले प्रस्तावित श्रम ऐनले सबै क्षेत्रका  श्रमिकलाई गणना गर्ने भन्दै प्रस्तावित ऐन श्रमिकको हितमा हुने धारणा राखे ।

कार्यक्रममा अञ्चल अध्यक्ष रामहरि नेपालले जोसको बेला होश नगुमाई युवा श्रमिकहरु न्यायसंगत ढंगले देश विकास, आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताए । कार्यक्रममा विभिन्न क्षेत्रका युवा श्रमिकलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति:२०७३ भदौ ४

वि.सं.२०७३ भदौ ४ शनिवार १८:३९ मा प्रकाशित

You can share this post!

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१८

काठमाडौँ, १४ वैशाख : दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु...

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१२

हेमन्त जोशी काठमाडौँ, १४ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर...

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...