back
NMB ad

एमाले महासचिव भन्छन, ग्राण्डडिजाइन अनुसार प्रदेश–२ को निर्वाचन सारियो

Kumari bank ad

प्रधानमन्त्री सकेसम्म चुनाव टार्ने, टार्न नसके सार्ने डरलाग्दो डिजाइनअनुसार चलेका छन, त्यसैको श्रृंखलाका रुपमा प्रदेश–२ को चुनाव टार्नका लागि नै सारिएको हो, त्यहा आफ्नो अवस्था खत्तम छ, त्यसैले टार्नुपर्छ, टार्न नसके सार्नुपर्छ भन्ने कांग्रेसको निश्कर्षका आधारमा यी काम भएका हुन, राजपा वा अरुको कारणले होइन

ishor pokharel news photo

काठमाडौं । एमाले महासचिव इश्वर पोख्रेलले प्रदेश–२ को सवै स्थानीय तहमा चुनाव हार्ने भएपछि सत्तारुढ नेपाली कांग्रेसले चुनाव टार्ने काम गरेको तथ्य खुलासा गरेका छन । सवैतिरबाट प्राप्त रिपोर्टमा कांग्रेस प्रदेश २ मा पत्तासाफ हुने देखिएकै कारण राष्ट्रिय जनता दल (राजपा) ले कडा असहमति जनाउँदा पनि चुनाव सार्ने काम भएको पोख्रेलले प्रष्ट पारे ।
‘प्रधानमन्त्री सकेसम्म चुनाव टार्ने, टार्न नसके सार्ने डरलाग्दो डिजाइनअनुसार चलेका छन, त्यसैको श्रृंखलाका रुपमा प्रदेश–२ को चुनाव सारिएको हो,’ नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले शनिवार आयोजना गरेको दोलखाबाट निर्वाचित स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुको सम्मान तथा बधाई कार्यक्रममा महासचिव पोख्रेलले भने, ‘प्रदेश २ मा आफ्नो अवस्था खत्तम छ, त्यसैले टार्नुपर्छ, टार्न नसके सार्नुपर्छ भन्ने कांग्रेसको निश्कर्षका आधारमा चुनाव सारिएको हो । अरुको कारणले होइन ।’
उनले चुनाव सार्ने कांग्रेसको डिजाइन र माओवादीको सहयोगी भुमिकाको सवैतिर भण्डाफोर गर्ने जानकारी पनि दिए । ‘प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल आन्दोलनरत राजपालाई मनाउन र उस्को सहमतिमा चुनाव सारिएको हो भनिरहेका छन तर बास्तबिकता त्यस्तो होइन, राजपाले बैठकमै आपत्ति जनाइसकेको थियो, मान्दैनौं पनि भनिसकेको छ,’ पोख्रेलले भने । महासचिव पोख्रेलले सकेसम्म चुनाव सार्ने, नसके टार्ने ग्य्राण्ड डिजाइन सरकार गठनकै ताका भएको खुलासा पनि गरे । ‘संबिधान कार्यान्वयन रोक्न सकेसम्म चुनाव टार्ने, टार्न नसके सार्ने ग्य्राण्ड डिजाइन अनुसार नै पाँचौं पटक चुनाव सारिएको हो, प्रदेश–२ को चुनाव सार्ने काम पनि त्यसैको निरन्तरता हो,’ पोख्रलको भनाई थियो । पोखरेलका अनुसार चुनाव सारेर कांग्रेस र माओवादी सरकारले प्रदेश २ लाइ एक्ल्याउने र मनोबैज्ञानिक रुपमा कमजोर बनाउने काम गरेको छ । ‘प्रदेश २ लाइ एक्ल्याउने काम भएको छ, मनोबैज्ञानिक रुपमा कमजोर बनाउने काम भएको छ, यो हामीलाई मन्जुर छैन, डटेर प्रतिवाद गर्नुपर्छ,’ उनले भने ।
एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईले मुलुकलाई बिभाजन गरी बिदेसीको इसारामा चल्नै पर्ने बनाउन माओवादी र कांग्रेस लागिपरेको भन्दै सजक हुनुपर्ने बताए । ‘ नेपालको लोकतन्त्रलाई सम्पुर्ण रुपले नष्ट गर्ने, नेपालमा लोकप्रिय बनेको र जनताको बिश्वास जितेको कम्युनिष्ट आन्दोलनलाई सम्पुर्ण रुपले समाप्त पार्ने र नेपाल राष्ट्रको बिभाजन गर्ने माओवादी केन्द्रको अभिष्ट हो, उनीहरु त्यसैअनुसार चुनाव टार्ने, सार्ने र आतंक मच्चाउने काम गरिहेका छन,’ चौलागाईले भने ।
केन्द्रीय सदस्य तथा दोलखा इञ्चार्ज पार्वत गुरुङले कांग्रेस र माओवादी केन्द्र देश र जनताको बिरुद्ध लागेर राज्य आतंक मञ्चाएको भन्दै सवै एमालेजन सजग बन्नुपर्ने आवश्यकता औल्याए । उनले कुनैप्रकारको आतंकसामु पनि नडराई संमृद्ध दोलखा स्थानीय तह निर्माण गर्ने अभियानमा जुटन निर्वाचित प्रतिनिधिलाई आग्रह गरे । ‘माओवादीको काम बिनाश हो, बिकास हुन दिँदैनन, बिकाश रोक्न आतंक मच्चाउँछन, तर त्यो आतंकसामू नझुक्नोस, डटेर प्रतिवाद गर्नाेस, जनता र हामी एमाले तपाइहरुको साथमै छौं, हाम्रै जीत हुन्छ,’ गुरुङले भने । पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले दोलखाका जनप्रतिनिधिले बिकाशको नमुना देखाएर एमालेको नीति ब्यवहारमा उतार्नुपर्ने बताए । ‘एमालेको नीति ब्यवहारमा उतार्नु नै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको दायित्व हो, यसै काममा लाग्नुपर्छ,’ पूर्वमन्त्री पोखरेलले भने ।
कार्यक्रममा एमाले बैकल्पिक केन्द्रीय सदस्य रचना खडका, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेल, प्रदेश ३ सम्पर्क समन्वय कमिटी संयोजक श्याम बस्नेत, जिविस दोलखाका पूर्वसभापति लालकुमार केसी, सम्पर्क मञ्चका अध्यक्ष गणेश शिवाकोटीलगायतका नेताहरुले संमृद्ध स्थानीय तह निर्माण गर्ने एमालेको नीतिलाई जस्ताको तस्तै कार्यान्वयन गर्न सुझाव दिए । उनीहरुले बिकाश निर्माणको काममा जनताको साथ लिन र आतंकसामू नझुकी अघि बढनसमेत निर्वाचित स्थानीय सरकार प्रमुखसहित सवैलाई सुझाव दिए । ‘लडन नडराउने र मर्न नडराउनेहरुले कुनैपनि लडाई हार्दैनन, तपाईहरु पनि जनताको पक्षमा बिकाश निर्माणका काम गर्नाेस, आतंक मच्चाउनेहरु आफै पराजित भएको निश्कर्षमा पुग्छन,’ उनीहरुको भनाई थियो ।
कार्यक्रममा महासचिव पोखरेलसहितका एमाले नेताहरुले दोलखामा एमालेबाट निर्वाचित दुई नगरपालिका र पाँच गाउँपालिकाका प्रमुख, उपप्रमुखसहित सवैलाई सम्मान गरेको थियो । दोलखाको भीमेश्वर, जीरी नगरपालिका, गौरीशंकर, कालिञ्चोक, मेलुङ, शैलुङ र तामाकोशी गाउँपालिकामा एमाले बिजयी बनेको थियो । बिगु र बैत्यश्वर गाउँपालिकामा भने कांग्रेस नेतृत्व स्थापित भएको छ ।

३ असर २०७४

वि.सं.२०७४ असार ३ शनिवार १९:२३ मा प्रकाशित

You can share this post!

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:५५

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच...

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४८

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना...

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...