back
NMB ad

जनता भन्छन्ःबस भाडा नै नउब्रिएछि किन जाने भोट हाल्न ?

Kumari bank ad

चरिकोट । न्यानो कपडा बोकेर विक्रीका लागि बजार चहार्दै गर्दा कालिकोट जिल्ला तिलागुभा नगरपालिका–१ का ३५ वर्षीय वीरबहादुर बुढा सदरमुकाम चरिकोटमा भेटिए । तपार्इंले बोकेको केहो ? भन्दा उनले जवाफ दिए , “यो झिल्के हो ।” त्यसको विक्री मूल्य सोध्दा रू दुईहजार ५०० पर्छ भन्दै गफिन खोजे । उनीजस्तै कालिकोटबाटै आएका उनका दाजु नरिलाल बुढा र काकासहित परिवारका चारजना जाँडोको समयमा आवश्यक पर्ने सामान बिक्रीका लागि गाउँ र टोलमा घुमीरहेको बुढाले बताए ।

दैनिकबारे सोध्दा उनले यसरी भने, हामी दोलखा आएको धेरै भयो, पैसा कमाइन्छ की भनेर हामीले पनि सामान किनेर बेच्न ल्याएका हौँ तर खासै बिक्री भएको छैन । बुढाले जाडोमा प्रयोगमा आउने सामान डुलाउँदा पनि बिक्री हुन नसकेकामा चिन्ता व्यक्त गरे ।

“हामी सामान्य होटलमा बसेका छौं,१० दिनको एक हजार रुपैयाँ तिर्छौ । बुढालाई व्यापार भए चुनावमा घर गई भोट हाल्ने रहर पनि छ तर सामान थुप्रै मात्रामा बिक्री हुन बाँकी छ , यो निर्वाचनमा भोट हाल्न जाने की नजाने दोधारमा थियौँ हामी चारैजना,” उनले दुःखेसो पोख्दै भने, गाउँ नजाने भइयो।” उनलाई जिल्लामा निर्वाचनमा कोको उठेका छन् भन्ने पनि थाहा छ रे ।

बुडा भछन्, हाम्रो जिल्ला कालिकोटबाट नेपाली काँग्रेसबाट भुपेन्द्रजंग शाही, नेकपा (माओवादी केन्द्र)बाट उज्ज्वल रावत, नेकपा एमालेबाट कुर्म शाही उम्मेदवार भएका छन् तर कुनै उम्मेदवारले पनि भोट माग्न आएका छैनन् हाम्रो दुःख हामीसँगै छ । भोट हालेर के हुन्छ र ? यो पटक गाडी भाडा नै नहुने भएपछि भोट हाल्न नजाने बुढाको भनाइ छ ।

बुढा निरासिँदै भन्छन्, “नेताले विकास गर्दे र हाम्रो जिल्लाको विकास भए हाम्रा छोराछोरी तथा नातीनातिनीलाई राम्रो हुने थियो तर अहिले जिल्लाको विकास भन्दा आफ्नै परिवार र नातागोताको मात्रै विकास गर्छन् नेताले । ” दुर्गम कालिकोटबाट यहाँ हरेक वर्ष ज्याकेट, सिरक, ओछ्याउने, बिछ्याउना, तन्नाजस्ता कपडाका सामग्री बोकेर जुम्ला, कालिकोट लगायतका व्यापारी यहाँ आउछन् ।

उनीजस्तै कालिकोटके अर्का व्यापारी लक्ष्मी अधिकारी भन्छन् “हाम्रो परिवार चुनावले पालिदैन, हामो जीविका पनि छ, नेतालाई भोटको चिन्ता, हामी गरिबलाई नोटको चिन्ता, त्यसैले हामीलाई चुनाव भन्दा हाम्रो परिवार पाल्न सकस छ, हामी सायद भोट हाल्न कालिकोट जाँदैनौं , उनी भन्छन्, “नेता चुनावको समयमा अनेकथरी गरिदिने आश्वासन त दिन्छन् तर निर्वाचन सकिएपछि केही पनि गर्दैनन् त्यसैले किन भोट हाल्न जानु ।”रासस

प्रकाशित मितिः २०७४ कार्तिक २९

वि.सं.२०७४ कात्तिक २९ बुधवार १३:५१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...