back
NMB ad

बारसिंगाको बथानसँगै राना थारु सामुदायिक होम स्टे

Kumari bank ad

कञ्चनपुर । पहिलो पटक राना थारु समुदायले यहाँ रानाथारु सामुदायिक होम स्टे शुरु गरेका छन्। राना संस्कृति र परम्परा जोगाउन तथा त्यसको माध्यमबाट आर्थिक उन्नति गर्न भीमदत्त नगरपालिका वडा नम्बर १४ र १६ नयाँ बस्तीका राना समुदायले होम स्टे संचालनमा ल्याएका हुन्।

बारसिंगाको बथानका लागि दक्षिण एशियामै प्रख्यात शुक्लाफाँटा वन्यजन्तु आरक्षको किनारामै राना समुदायले होम स्टे शुरु गरेपछि पर्यटन गतिविधि बढेको छ।

मंसिरको अन्तिमदेखि संचालनमा आएको नयाँ शैलीको होम स्टे अवलोकन र भ्रममणका लागि ३ महिनाको अवधिमा २ सयभन्दा बढी टोली आइसकेको रानाथारु सामुदायिक होम स्टेका अध्यक्ष समन रानाले बताए।

Kanchanpur-homestay

यहाँ आउने पर्यटनकालागि स्थानियहरुले राना समुदायको संकृति झल्कने नाचहरु समेत देखाउने गरेको अध्यक्ष रानाले बताए। यसका लागि एउटा नाँचको पाँचसय रुपैया तिर्नुपर्ने समेत अध्यक्ष रानाले बताए।

गाउँको चारैतिर पर्यटकहरु रमाउने प्रशस्त ठाउँ र सदरमुकाम महेन्द्रनगरबाट करिब ३ किलोमिटरको दुरिमा रानाथारु सामुदायिक होम स्टे भएकाले नयाँ बस्तीको राना होम स्टे चर्चित बन्दैछ। होम स्टे ले तिन दिनको प्याकेज बनाएर पर्यटकलाई घुमाउने योजना पनि बनाएको छ।

होम स्टे संचालनका लागि सहयोग गरेका महेन्द्रनगरका होटल व्यवसायी परमानन्द भण्डारीले दोधारा चाँदनीको झोलुङ्गे पुल, शुक्लाफाँटा, रानीताल, पिपरैयाको हात्तीसार, हिरापुरको कृष्णसार संरक्षण केन्द्र, बेदकोट ताल, झिलमिला ताल, बाबाताल, सिंहपाल मन्दिर जस्ता पर्यटकीय ठाउँहरु रहेको बताए।

शुक्लाफाँटा आरक्ष र दोधारा–चाँदनीको पुल राना होम स्टेबाट नजिकै रहेका छन् भने बेदकोट र झिलमिला ताल केही टाढा छन्। शुक्लाफाँटाका वन्यजन्तुसहित आसपासका पर्यटकीय क्षेत्रको भ्रमणका लागि ३ दिनको समय पर्याप्त हुने भए पनि पर्यटकहरु हप्तौं रमाउन सक्ने मनोरम ठाउँ पनि पर्याप्त छन्।

चारैतिर पर्यटकीय ठाउँ भएकाले नयाँ बस्तीको राना होम स्टे सबै कुराले उपयुक्त भएको पर्यटन व्यवसायी अमरबहादुर शाहीले बताए।

२०४५ सालमा अर्जुनी ब्यारेक नजिकको आरक्षबाट नयाँबस्तीमा पुनस्थापित गराउ“दा राना समुदाय दुखी बनेको थिए। सदरमुकाम नजिक बस्ती सारिएपछि राना थारु समुदायका परम्परा र संस्कृति पनि विस्तारै हराउ“दै थिए। तर पुनर्स्थापनाको ३५ वर्षपछि घरघरमै पाहुनाको स्वागत गरेर आफ्नै संस्कृति र कला देखाई राना समुदाय नगद आम्दानी गर्न सक्षम भएको छ। राना थारु होम स्टेमा सादा खाना १ सय ३०, मासु खाना साढे दुई सय र बासको प्रति कोठा ४ सय तिर्नुपर्छ।

१७ फागुन २०७२, २.००

वि.सं.२०७२ फागुन १७ सोमवार १६:१७ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...