back
NMB ad

बैंकको १०० रुपैंया अंकित करिब ३ अर्बको सेयर आजै किन्नुहोस् !

Kumari bank ad

काठमाडौ । मेगा बैंकले जारी गरेको १० बराबर ६.५ अनुपात अर्थात ६५ प्रतिशत हकप्रदमा आवेदन दिने मिति कात्तिक १४ गते आजैमात्रै हो । भदौ २७ गतेदेखि निष्काशन खुला गरिएको सो हकप्रद सेयरमा असोज ३० गतेसम्म आवेदन गर्ने म्याद थियो । बैंकले आवेदन गर्ने मिति बढाएर कात्तिक १४ पुर्याएको थियो ।

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी ८ अर्ब पुर्याउने मिसनमा रहेको मेगाले १०ः६.५ अनुपातमा प्रतिकित्ता एक सय रुपैँयाका दरले २ अर्व ९७ करोड ८५ लाख ३ हजार चार सय ३३ रुपैंया बराबरको २ करोड ९७ लाख ८५ हजार ३४.३३ कित्ता सेयर शेयरधनीहरुलाई निष्काशन गरेको हो ।

हकप्रद निष्काशनपछि मेगाको चुक्ता पुँजी ७ अर्ब ५६ करोड ८ लाख १६ हजार ४८१.८१ रुपैयाँ पुग्नेछ । यसमा गत माघ ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

मेगाको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिंङ हो । मेगाको यो हकप्रदमा नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेड नक्साल काठमाडौ र मेगा बैंकको केन्द्रीय कार्यालय राइजिङ मल काठमाडौ तथा यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । नबिल इन्भेष्टमेन्ट बैंकिंङबाट भने चेकमात्र बुझ्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मितिः२०७४ कार्तिक १४

वि.सं.२०७४ कात्तिक १४ मंगलवार ०९:३८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...