back
NMB ad

के तपाईले पनि सहकारीसँग ऋण लिनु भएको छ ? एकपटक यो पढ्नुहोस्

Kumari bank ad

काठमाण्डौं । ललितपुरको गोरखा सेभिङ एन्ड क्रेडिट सहकारीले किर्ते कागजात बनाएर एक दम्पतीको ऋणभन्दा पाँच गुणा बढी मूल्यको जग्गा जफत गरेको स्वयं नियामक निकाय सहकारी डिभिजन कार्यालय ललितपुरले जानकारी दिएको छ ।

राई दम्पती नारायणप्रसाद र शोभाको ऋण असुल्ने नाममा जग्गा लिलामी गर्ने क्रममा गोरखा सहकारीले डिभिजन कार्यालयमा पेस गरेको डकुमेन्टमै त्रुटि देखिएको प्राप्त कागजातले देखाएको छ ।

कार्यालयका अनुसार संस्था डकुमेन्टेसनमा चुकेको छ । ऋणी राई दम्पतीको जग्गाको मूल्यांकनअघि नै कागजात तयार पारिएको, सेवा शुल्क बढी लिएको, डकुमेन्टमा ठाउँठाउँमा केरमेट गरी सच्याइएकोलगायत त्रुटि देखिएको कार्यालयको ठहर छ । सरकारलाई छल्नकै लागि सहकारीले सक्कल कागजात पेस गर्नुपर्ने अन्य निकायमा समेत कार्बनकपी प्रयोग भएको डकुमेन्ट पेस गरेको देखिएको छ ।

गोरखा सहकारीको डकुमेन्टमा यति धेरै त्रुटि देखिँदासमेत नियामक निकायले एकतर्फी निर्णय गरिदिँदा राई दम्पती मात्र नभई अन्य धेरै ऋणी मर्कामा पर्ने गरेको सम्बन्धित कार्यालयका सहकारी अधिकृत धर्म रोकायाले स्विकारे । सहकारी डिभिजन कार्यालय ललितपुरले सम्बन्धित संस्था गोरखा सहकारीको मात्र डकुमेन्टलाई आधार मानेर धितो लिलाम गर्ने अनुमतिपत्र लेखिदिँदा राई दम्पतीले ऋणभन्दा पाँच गुणा बढी रकम गुमाउनुपर्‍यो ।

नारायणप्रसाद र उनकी पत्नी शोभा राईको ललितपुर नखिपोटमा रहेको तीन रोपनी ५ आना जग्गा सहकारी कार्यालयको एकतर्फी निर्णयका कारण गोरखा सहकारीले जफत गरिसकेको छ । राईजस्तै अन्य धेरै ऋणी सरकारी निकायबाट हुने यस्तो निर्णयविरुद्ध उत्रिएपछि पछिल्लो समय कार्यालयले ऋणी र सम्बन्धित संस्थालाई समेत राखेर निर्णय गर्ने गरेको छ ।

राई दम्पतीकै कारण ऋणी र सम्बन्धित सहकारी बसेर नियामक निकायले निर्णय गर्ने नजिर बने पनि उनीहरूले भने अहिलेसम्म न्याय पाउन सकेका छैनन् । गोरखा सहकारीले जफत गरेको उनीहरूको जग्गा फिर्ता भएको छैन । नखिपोटमा निजी आवासीय माध्यमिक विद्यालय सञ्चालन गरेको राई दम्पतीलाई उक्त सहकारीले खाली पेपरमा सहीछाप गर्न लगाई ऋण लिएभन्दा बढी रकम देखाएर ठगी गरेको हो । कार्यालयले राई दम्पती ठगिएको पुष्टि अन्नपूर्णसँग गरेको छ ।

गोरखा सहकारीले पेस गरेका कागजात त्रुटिपूर्ण देखिएको भन्दै कार्यालयले एक महिनाअघि सहकारी विभागमा छानबिन गरिदिन अनुरोध गर्दै प्रतिवेदन पेस गरेको थियो । जिल्ला अदालत ललितपुरले राई दम्पतीलाई न्याय दिलाउन सम्बन्धित निकायलाई हरहिसाब गरिदिनू भनी फैसला गरेको थियो । प्रतिवादी संस्थाले आफ्नो असुल गर्नुपर्नेभन्दा बढी जग्गा जफत गरेको र पारित लिखत र पारित नभएको लिखतको जम्मा रकम खुलाइएको छैन भन्दै सम्बन्धित निकायमा हरहिसाबका लागि पठाएको थियो ।

वादीले के कति ऋण लिएको र के(कति तिरेको भन्ने कुरा स्पष्ट नभएको न्यायाधीशले हरहिसाब गरिदिन सुझाएका छन् । सहकारीले शोभा राईको नाममा रहेको ललितपुर उपमहानगरपालिका वडा नं ५ को २१, २२ र १००९ कित्ता नम्बरको जग्गाबाट २९ लाख २५ हजार ऋण लिएका थिए भने नारायणप्रसाद राईले १००७, १३०९, १३१०, १३१३ नम्बरको कित्ताबाट ४१ लाख ऋण लिने, यो रकममध्ये १७ लाख नगद लिने सहमति भएको थियो ।

सेवा शुल्क कटाएर बाँकी हुन आएको २२ लाख ८६ हजार रुपैयाँ शोभा राईको नाममा रहेको ऋण कट्टा गर्ने सहमतिमा ऋण लिइएको पीडित शोभाले बताइन् । तर, सहकारीले शोभाको नामको ऋण कट्टा गरेन । उल्टो ऋण बढेर ५७ लाख ४६ हजार रुपैयाँ पुर्‍यायो । जबकि उनले सहकारीबाट २९ लाख २५ हजार मात्र ऋण लिएकी थिइन् ।

यो विषयलाई लिएर उनको सहकारीका अध्यक्ष इमानसिंह राईसँग पनि छलफल भयो । ‘त्यतिबेला अध्यक्षले तपाईंहरूको हिसाब उल्ट्याउँदा नजिर बन्छ, भन्दै पुनः हिसाब(किताब गर्न मानेनन्,ु राईले भनिन्, ‘विश्वासमा पर्दा ६ करोडको सम्पत्ति गुम्यो ।ु उक्त ५७ लाख ४६ हजारको जनरल भौचरमा संस्थाका तर्फबाट लगानी र सावाँ असुली एकै दिन अर्थात् ०६८ चैत १२ मै भएको देखिन्छ भने अर्को चाखलाग्दो कुरा त पैसा बुझिलिनेको सहीछाप नै छैन । राई दम्पतीले विभिन्न समयमा सहकारीलाई ४८ लाख ३६ हजार ५ सय ६१ रुपैयाँ बुझाएको बिल भौचर सुरक्षित छ ।

उनीहरूले क्रमशः ०६७ कात्तिक ११ र २०६८ चैत १२ मा ललितपुर मालपोत कार्यालयमा जग्गा दृष्टिबन्धक गराएर सहकारीबाट ऋण लिएका हुन् । पहिल्यै २९ लाख २५ हजार रुपैयाँमा दृष्टिबन्धक भएको जग्गामा पुनः ५७ लाख ४६ हजार कसरी संस्थाले लगानी गर्‍यो, यो विषय अझ गहन छ । दृष्टिबन्धक भइसकेको जग्गामा संस्थाले पहिलो कागजातलाई लुकाएर बढी लगानीको तमसुक बनाएको छ । जुन त्रुटिपूर्ण छ ।

राई दम्पतीले भन्यो, ‘सहकारीले हाम्रो संस्थाको नियम नै यस्तै हो, अहिले खाली कागजमा सही गरेर पैसा लैजानुस्, सबै पेपर तयार भएपछि बोलाएर दिउँदा भन्दै सहीछाप गरायो । पछि डकुमेन्ट दिन बोलाएन । विश्वासमा परी हामी आफूले लिएको ऋण तिर्दै गयौं, हरहिसाब खोजेनौं ।ु

सहकारीका अध्यक्ष इमानसिंह राईकी छोरी राई दम्पतीकै स्कुलमा पढ्ने, अभिभावक र आफ्नै सप्रदायका समेत भएका नाताले बढी विश्वास गर्दा ठगिएको पीडित शोभाले बताइन् । उक्त फैसलाको कागजात लिएर राई दम्पती सम्बन्धित निकाय सहकारी विभाग पुग्यो । सहकारी विभागले पहिले चासो देखाए पनि पछिल्लो समय संस्थाको चलखेलपछि हरहिसाब गर्न पन्छिएको राई दम्पतीको भनाइ छ । सहकारी विभाग र बोर्ड दुबैलाई राई दम्पती ठगिएको थाहा छ । तर, सही र न्यायपूर्ण निर्णय भने गर्दैन । पन्छिन्छ मात्रै, अदालतमा मुद्दा छ भनेर ।

सहकारी विभागका रजिस्ट्रार केशवप्रसाद रेग्मी यसअघि सम्पर्कमा आए पनि पछिल्लो पटक सम्पर्कमा आउन चाहेनन् । सहकारीका अध्यक्ष इमानसिंह पनि सम्पर्कमा आउन चाहेनन् । विभागका सहरजिस्ट्रार तथा प्रवक्ता नारायणप्रसाद अर्यालले भने एकपटक राई दम्पतीको विषयमा विभागमा छलफल भएको प्रतिक्रिया दिए ।

१७ चैत २०७३, अन्नपूर्णपोष्ट, ७।३०

वि.सं.२०७३ चैत १७ बिहीवार ०८:०२ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...