back
NMB ad

नवलपुर-२ बाट युवा नेता तिलक महत सर्वसम्मत

Kumari bank ad

कावासोती । मंसिरमा हुने चुनावका लागि नेकपा एमालेले नवलपुर —२ ( नवलपरासी बर्दघाट सुस्ता पूर्व) मा केन्द्रीय सदस्य तथा युवा नेता तिलक महतलाई सर्वसम्मत उम्मेदवार बनाएको छ ।

अनेरास्ववियुको राजनीति शुरु गरेका महत एमाले पार्टीमा सफल नेताको रुपमा पहिचान बनाएका छन् । पार्टी पक्तिमा लोकप्रिय रहेका महत जनप्रतिनिधिको लागि भने पहिलो पटक चुनावमा भिड्दै छन् । संघीय संसदका लागि ठुलो भुगोल रहेको दुई नं. क्षेत्रमा कार्यकर्ताले रोजेपछि उनी एकल सिफारिसमा परेका हुन् ।

संघीय संसदको निर्वाचन क्षेत्र नं. १ मा डा. गोपाल खनाल, कृष्ण पौडेल र शुश्मा काफ्लेको नाम सिफारिस भएको छ । त्यस्तै क्षेत्र नं. १ (क) मा षडानन्द लामिछाने, यमुनाथ आचार्य, गीता तिवारी (ख) मा पार्टी अध्यक्ष रोशनबहादुर गाहा, धर्मदत्त भुसाल र पार्वता पाण्डे निर्वाचन क्षेत्र नं. २ को (क) मा सुर्यप्रसाद पाण्डे, रामकृष्ण ढुङ्गाना र ईश्वरी ढकाल र (ख)मा जनकलाल श्रेष्ठको एकल नाम सिफारिस गरेको छ ।

संघीय संसदको क्षेत्र नं. २ र प्रदेशको २ (ख) मा एकल नाम सिफारिस भएको छ । भने अन्य क्षेत्रमा तीन/तीन जनाको नाम सिफारिस भएको छ । यी नाम संगै जिल्ला कमिटिको बैठकले समानुपातिक सदस्यहरु नाम समेत समावेश गरेर प्रदेश हुँदै केन्द्रिय कमिटिमा असोज २० गते भित्र सिफारिस गर्ने एमाले नवलपुरका सह संयोजक जीवन श्रेष्ठले जानकारी दिए ।

१८ असोज २०७४

वि.सं.२०७४ असोज १८ बुधवार २१:४५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...