back
NMB ad

उम्मेद्वार छनौटमा विवाद हुँदा कांग्रेसमा कुटाकुट

Kumari bank ad

सुनसरी । स्थानीय तहको चुनावमा उम्मेद्वारको नाम सिफारिस गर्ने विषयमा आपसी विवाद हुँदा नेपाली कांग्रेस रामधुनी नगरमा विवाद उत्पन्न भएको छ । विवादका कारण नगर सचिव दिलकुमार राईमाथि कुटपिट भएको छ ।

शुक्रबार राति झुम्का बजारमा तरुण दलका रामधुनी नगर अध्यक्ष नगेन्द्र गुरुङ र रामधुनी–५ का वडा कार्य समितिका सभापति भोला बाँस्तोलाको नेतृत्वमा रहेका कार्यकर्ताहरुले राईलाई कुटपिट गरेको राई निकटहरुले आरोप लगाएका छन् । सचिव दिलकुमार राईको अहिले धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भैरहेको छ ।

घटनामा संग्लन रहेका तरुण दलका रामधुनी नगर अध्यक्ष नगेन्द्र गुरुङ र रामधुनी–५ का वडा कार्य समितिका सभापति भोला बाँस्तोलालाई इलाका प्रहरी कार्यालय पकलीले पक्राउ गरी हिरासतमा राखेको छ । घाइते राईको टाउको, आखाँ, ओठमा गहिरो चोट लागेको छ ।

इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक शान्तराम कार्कीले कुटपिटको घटनामा संलग्न रहेका नगेन्द्र गुरुङ र भोला बाँस्तोलालाई घटनाका आधारमा पक्राउ गरिएको बताउँदै दुवैलाई अनुसन्धान र पीडितको उजुरीका आधारमा दोषी देखिए कानूनी कारवाही गर्ने जानकारी दिए ।

नेपाली कांग्रेस रामधुनी नगरका एक नेताका अनुसार ५ नम्बरको बैठकमा मेयर उपमेयरको नाम सिफारीस गर्ने क्रममा उपेन्द्र कटुवाल लगायतका नेताहरुको क्रम संख्या अन्यको भन्दा पछाडि राखेपछि विवाद उत्पन्न भएको थियो ।

प्रकाशित मितिः २०७३ चैत २७

वि.सं.२०७३ चैत २७ आइतवार १७:२६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...