Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

दोस्रो चरणको निर्वाचनले पनि चम्कन नसकेको बजार ? तैपनि १०% कमाउने को ?

June 28, 2017

काठमाडौ। दोस्रो चरणको स्थानीय तहको निर्बाचनलाई सेयर बजारलाई चम्काउन सकेको छैन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक १.२८ अंकले घटेर १५६३.८१ अंकमा ओर्लिएको छ।

दिनभरीमा १४० कम्पनीका सात लाख ९९ हजार कित्ता शेयर किनबेच भएको छ। कुल ४९ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। सबैभन्दा बढि हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको ४ करोड ९१ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

बुधबार बैंकिङ ३.५३, जलबिद्युत ७.५२ र अन्य २.०३ अंकले घटेको छ। होटल २८.१४, विकास बैंक ५, फाईनान्स २.०३ र बीमा १०.९१ अंकले बढेको छ।

एभरेष्ट बैंक (परिवर्तनीय) र वर्ल्ड मर्चेन्ट बैंकका शेयरधनीले १० प्रतिशत हाराहारी कमाएका छन्। बढि गुमाउनेमा गुँरास लाइफका संस्थापक सेयरधनी छन्।

प्रकाशित मितिः २०७४ असार १४

Leave a Reply

Your email address will not be published. Required fields are marked *


सम्बन्धित शीर्षकहरु