back
NMB ad

अब नेपाली कामदारले मलेसियामा लेबी तिर्नु नपर्ने

Kumari bank ad

काठमाडौं । सन् २०१८ देखि मलेसियामा रोजगारदाता कम्पनीहरुले नै कामदारको लेबी व्यहोर्नेभएका छन् । मलेसियामा रोजगारीको लागि गएका कामदारहरुले अब लेबी तिर्नुनपर्ने भएको हो ।
मलेसियाको यो निर्णयबाट नेपाली कामदारहरु पनि प्रत्यक्ष लाभान्वित हुने भएका छन् । मलेसिया नेपालीहरुको वैदेशिक रोजगारीको एउटा प्रमुख गन्तव्य हो । विदेशी कामदारबाट लेबी कटौती नगर्न रोजगारदाता कम्पनीहरुलाई निर्देशन दिइसकिएको छ । नयाँ नियम अनुसार कामदार आफ्नो मुलुक नफर्किएसम्म रोजगारदाता पूर्ण जिम्मेवार हुनु पर्नेछ ।
मलेसिया सरकारले रोजगारदाताले नै लेबी तिर्नुपर्ने निर्णय गत वर्ष नै गरेको थियो । सो निर्णय १ जनवरी २०१८ देखि लागू हुने मलेसियाको मानव संशाधन मन्त्रालयले जानकारी दिएको छ ।
विदेशी कामदारको लेवि मलेसियाका बिभिन्न क्षेत्रहरुमा फरकफरक छ । मेलेसियन रिंगेट ५९० देखि १ हजार १० सम्म लेवि तिर्नुपर्दछ ।
अब नयाँ नियम ‘इम्प्लोयर म्यान्डेटोरी कमिटी (ईएमसी) मातहत आएको हो, जसको उद्देश्य रोजगारदातालाई विदेशी कामदारप्रति जिम्मेवार बनाउनु रहेको छ । विदेशी कामदारको रेखदेख तथा अवस्था मूल्यांकन गर्न जिम्मेवारी र अवलोकन सम्वन्धी मापदण्ड ल्याउने तयारी पनि मलेसिया सरकारले गरेको छ ।

वि.सं.२०७४ पुस ६ बिहीवार १०:५६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...